कोरोना परिक्षणका लागि कोशी अस्पतालको ल्याव मुख्यमन्त्री राईद्धारा निरिक्षण

 न्यूज विराट
कोरोना परिक्षणका लागि कोशी अस्पतालको ल्याव मुख्यमन्त्री राईद्धारा निरिक्षण

विराटनगर, चैत २८–कोरोना भाईरसका शंकास्पद विरामीको नमूना परिक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएका ल्यावको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरिक्षण गरेका छन् ।

कोरोना भाईरसको कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण सुरु गर्नुपुर्व मुख्यमन्त्री राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले ल्यावको निरिक्षण गरेका हुन् । विराटनगरबाट कोरोना परीक्षणका लागि आवस्यक तयारी सकिएपछि प्रदेश सरकारबाट ल्यावको निरिक्षण गरिएको हो ।

ल्यावको निरिक्षण गर्दै मुख्यमन्त्री राईले कोशी अस्पतालमा राखीएको ल्याव काठमाण्डौं पछिको ठुलो क्षमताको भएको वताए । उनले विराटनगरको ल्यावबाट दैनिक बढीमा २ सय सम्मको नमूना संकलन गर्न सकिने बताए । मुख्यमन्त्री राईले भने ,‘ भयको स्थिति भएकाले ढुक्क हुन पनि अधिकतम परिक्षणमा जानुप¥यो ।’

कोरोना परिक्षणलाई उच्च प्राथमिकतामा राखेर मेसिनहरु सञ्चालन गरिएको उनले बताए । कोरोना परीक्षणका लागि आवस्यक उपकरणहरु र केमिकलहरु विहिबार हेलिकप्टरबाट विराटनगर ल्याइएको थियो ।

विराटनगरबाट गरिने कोरोना परीक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल ल्याईएको वीर अस्पताल काठमाण्डौंका जेनेटिक साईन्टीस् तथा कोरोना परिक्षण विज्ञ समूहका वलराम गौतमले बताए । यसैवीच क्वारेन्टाईनमा बसेकाहरुको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी)का लागि शुक्रबारदेखि प्रदेश १ का ४ स्थानमा टोली खटिएको छ ।

मोरङको टाँडी, झापाको मेचीनगर र भद्रपुर, सुनसरीको धरान र उदयपुरको बेलश्रोत क्वारेन्टाईनमा बसेकाको आरडिटीका लागि टोली प्रस्थान गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । शुक्रबा र शनिबारमा प्रदेश १ का १४ वटै जिल्लामा रहेका क्वारेन्टाईनमा वसेकाको टेष्टका लागि आवस्यक किट र पीपीई पठाईसकिने मन्त्री घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार

राष्ट्रियसभा चुनावको मौन अवधि सुरु, आचारसंहिता पालना गर्न आयोगको आग्रह

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । यही १२ माघमा हुने निर्वाचनका लागि गए राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको हो । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न...

अब बोतल र जर्किनमा पेट्रोल बेचे प्रहरीले कारबाही गर्ने

विराटनगर । प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरेर काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई त्यस्तो चेतावनी दिएको हो । काठमाडौँमा सञ्चालित केही पेट्रोल...

बिरामीले उपचार नपाएपछि अस्पतालमा प्रशासनको अनुगमन

चितवन, १७ भदौ-जिल्लाका अस्पतालमा बिरामीले उपचार नपाएर मृत्यु भएको समाचार बाहिर आए सँगै स्थानीय प्रशासनले अनुगमन थालेको छ । अस्पतालमा आएका बिरामीको मृत्यु भएपछि प्रशासनले अस्पतालको बिरामी भर्ना, शुल्क, शैयाको अवस्था, दक्ष जनशक्तिको अवस्था, संस्थाले...

यी हुन नागरिकता बिद्येयकमा राष्ट्रपतिले उठाएको गम्भीर सवाल

काठमाडौं, साउन २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्तासँगै संघीय संसदमा १५ बुँदे सन्देश पठाउनु भएको छ । सन्देशमा ९ वटा विषयलाई गम्भीरतासाथ उठाइएको छ । सदनले साउन १५ गते विधेयक प्रमाणीकरणका लागि शीतल निवास...

भारतीय अभिनेता दिलीप कुमारको निधन

एजेन्सी, २३ असार । हिन्दी सिनेमाका दिग्गज अभिनेता दिलीप कुमारकाे निधन भएकाे छ । उनलाई गत महिना सासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईकाे हिन्दुजा अस्पतालमा भर्ना गरिएकाे थियाे । साेही अस्पतालमा ९८ वर्षीय दिलीप कुमारले अन्तिम सास लिएका हुन् । दिलीप कुमारकाे निधनकाे...

२५ मुलुकबाट ३२ हजार बढी नेपाली फर्किए

काठमाडौं, ५ साउन-कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । कोभिड–१९ सङ्कट...

भारतीय विदेश सचिवको सुरक्षाका लागि चारवटै निकायका सुरक्षाकर्मी परिचालन

काठमाडौं, ११ मंसिर-भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको सुरक्षाको लागि चार वटै सुरक्षा निकाय परिचालन गरिएकाे छ । चार्टर्ड विमानबाट नेपाल आएका उनी दरबारमार्गस्थित होटल याक एण्ड यतीमा बसेका छन् । काठमाडौं प्रहरीका अनुसार होटल क्षेत्रलाई...

राष्ट्रपतिलाई महन्थ पक्षको पत्र- १२ सांसदलाई मान्यता नदिइयोस्, हामी कारवाही गर्दैछौं

काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टीको संसदीय दलमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद ४० प्रतिशत पनि नपुगेपछि जसपाको आधिकारिकता महन्थ ठाकुर पक्षले पाउने देखिएको छ । जसपाका ३२ जना सांसदमध्ये कांग्रेस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्