विराटनगरमा लकडाउनका कडाई गर्न एक्सनमा उत्रियो प्रहरी

 न्यूज विराट
विराटनगरमा लकडाउनका कडाई गर्न एक्सनमा उत्रियो प्रहरी

विराटनगर, चैत २८-लकडाउनमा मानविय गतिविधि बढ्दै गएपछि स्थानीय प्रशासनले कडाई गर्ने भएको छ । विराटनगरमा आज ५ बजेबाट लकडाउन कडा बनाइएको छ । विराटनगर महानगर भित्र ५ बजेपछि मानिसहरूको ठुलो चहलपहल हुने भएको हुँदा यसलाई नियन्त्रण गर्न लकडाउन कडा बनाउन लागिएको ह । मानिसहरुको आवतजावतलगायतको गतिविधिमा पूर्णरुपमा कडाई गर्न लागेको मोरङ प्रहरीले जनाएको छ । प्रहरी सर्वसाधारणलाई घरमै बस्न र पसल बन्द गर्न आग्रह गर्दै माइकिङ गर्दै आएको छ ।

५ बजेपछि पसल,मोटरसाइकललगायत सबै बन्द गराउदै प्रहरी चोकचोकमा पुगेको छ । विगत केही दिनदेखि साँझ परेपछि मानिसको चहलपहल बढेकाले प्रशासनले कडाई गर्ने निर्णय गरेको हो । ‘यो कार्य आम नागरिकका लागि नै हो । हामीले लकडाउनको पूर्ण रुपमा पालना गर्न आग्रह पनि गरेका छौ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने ,‘तर साँझ परेपछि मानिसहरुको आवतजावत र चहलपहल अस्वाभाविक रुपले बढेपछि हामीले कडाई गर्न लागेका हौ ।’ केही दिन देखि साँझ विराटनगरमा पसल खुल्ने तथा मानिसहरूको चहलपहल हुदै आएको थियो ।

लकडाउन उंलग्घन गर्नेलाई तत्कालै जुन स्थानमा देखे त्यहि राखिने प्रहरीको योजना छ । ‘लकडाउन उलंग्घन गर्ने ब्याक्ति वा सवारीसाधनलाई जहाँ भेट्छौ तत्काल त्यहि ‘स्टिल’ रुपमा राख्छौ’ डिएसपी राईले भने, ‘पछि अबस्था हरेर वहाँहरुको ब्यवस्थापन गर्नेछौ । कोरोना भाइरसको नियन्त्रणको लागि अझ प्रभावकारी बनाउन लकडाउनलाई कडा बनाउन लागिएको प्रहरीले जनाएको छ । ’

सम्बन्धित समाचार

विद्यालय खेलकुद संघ मोरङमा गठन, अध्यक्षमा सितला सुब्बा

विराटनगर । नेपाल विद्यालय खेलकुद संघ मोरङ गठन भएको छ । विराटनगरमा आइतबार भएको भेलाले नेपाल विद्यालय खेलकुद संघ गठन भएको हो । संघको अध्यक्षमा सितला सुब्बा रहेकी छिन् । उनी प्याब्सन मोरङको निर्वतमान अध्यक्ष...

केमसन मोरङको अध्यक्षमा दिनेशकुमार राउत

विराटनगर । रसायन तथा मेडिकल आपूर्ती संघ नेपाल (केमसन) को अधयक्षमा दिनेशकुमार राउत चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको प्रथम मोरङ जिल्ला अधिवेशनले राउतको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको हो । विराटनगरमा...

पूर्वाञ्चल विश्व विद्यालयले शिक्षण अस्पतालको लागि कोसी प्रयोग गर्ने, मेडिकल कलेजको बाटो खुल्यो

विराटनगर । मोरङको सुन्दरहरैचाको गोठ गाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयलाई मेडिकल कलेज सञ्चालनको लागि शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न कोसी अस्पताल दिने सिंघय सरकारले निर्णय भएको छ ।  सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सङ्घीय सरकार अन्तर्गत...

नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिद्वारा खाद्यान्न वितरण

विराटनगर, ६ असार । ७० औँ स्थापना दिवसको अवसर पारेर नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिले विभिन्न वडामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसको अवसरमा पहिलो, दोस्रो र तेस्रो दिन विराटनगरको वडा न.१,२,३,४,५,६,७,८,९, १०...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटनगरमा शान्ति र्याली

विराटनगर, ११ फागुन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरमा शान्ति र्याली निकालेको छ । आज ११८औँ विश्व रोटरी दिवसको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले र्याली निकालेको हो । विश्वमा शान्ति प्रवर्द्धनका लागि डाउनटाउनले...

पार्टीको हितका लागि नेतृत्वको दाबी छाडेँ : पशुपतिशमशेर जबरा

काठमाडौं, १५ मंसिर । राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिनुभएको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले केही दिनअघिसम्म नेतृत्वमा गरेको दाबी अहिले...

सिटिभिटीले लिएको लेभल टूको परीक्षा विवादमा, केन्द्र सारेर पुनः परीक्षा लिन माग

विराटनगर । प्राबिधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिभिटी) ले सौन्दर्यकर्मीहरुको लागि सुरू भएको लेभल टूको प्रयोगत्मक परीक्षा विवादमा परेको छ । ३ फागुनदेखि विराटनगरमा सुरु भएको प्रयोगत्मक परीक्षा विवादमा परेको हो । परीक्षा निष्पक्ष हुन...

छ किलोग्राम चरेससहित भारतीय नागरिक पक्राउ

काठमाडौं, चैत ५–नेपाल प्रहरीले ६ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलंकीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मंगलबार साँझ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्