लकडाउनले हनुमान जयन्ती पनि प्रभावित

 न्यूज विराट
लकडाउनले हनुमान जयन्ती पनि प्रभावित

लकडाउनका कारण हनुमान जयन्ती पनि प्रभावित भएको छ । बजारमा मात्रै नभइ जनकपुरधामको हनुमान मन्दिरहरूमा पनि औपचारिकताका लागि मात्रै पूजा भएको छ । जसरी चैती दूर्गा, चैती छठ र रामनवमी जनकपुरधाममा भएको थियो त्यस्तै हनुमान जयन्ती पनि मनाइएको स्थानीयले बताए ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले यसपाली जानकी मन्दिर लगायत हनुमान मन्दिरहरूमा सामान्य पूजा मात्रै भएको बताए । पूजा भएको तर बीना भक्तजनको पूजा गरिएको उनले बताए । हनुमान जयन्तीको अवसरमा पहिला नगरमा शोभा यात्रा निकालिन्थ्यो, ठाउँ ठाउँमा हनुमान चालिसा, सुन्दरकाण्ड पाठलगायत ठूलो उत्सव नै हुने गथ्र्यो तर आज बाहिर कही कतै केही भएन । आ–आफना घरमा मात्रै हनुमानको पूजा गरेको स्थानीयले बताए ।

‘मिथिलामा हनुमानको भक्तको संख्या धेरै रहेको छ । शानिबार र मंगलबार ब्रत गर्नेहरू हजारौँमा छन्, आज पनि धेरैले व्रत गरेका छन्’ संस्कृतिविद् एवं मैथिलीका साहित्यकार चन्द्रमोहन झा पड़वाले भने ।

हनुमानको पूजा पाठ गर्ने एवं मन्त्र स्त्रोत पाठ गर्ने र यसबाट शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने देखी भूतप्रेत पिचासले दुःख नदिने भन्नेसम्म जनविश्वास छ ।

सम्बन्धित समाचार

कोशी अस्पतालको पिसिआर मेसिन विग्रियो

विराटनगर, साउन १३–कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेकै समयमा कोशी अस्पताल विराटनगरको पीसीआर मेशिनमा बिग्रिएको छ । मेशिन बिग्रिएपछि त्यसको मर्मतका लागि काठमाण्डौं पठाउने तयारी थालिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले पीसीआर...

ज्योती आधारभूत विद्यालयमा निःशुल्क दन्त शिविर

विराटनगर, २० भदौ । निरन्तर विभिन्न सामाजिक कार्यहरु रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क दन्त शिविर आयोजना गरेको छ । विद्यार्थीहरुका लागि क्लबले विराटनगर विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालयमा नौलखा डेन्टल केयरको सहकार्यमा निःशुल्क...

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, आज थपिए ५३८ जना

काठमाडौं, ९ असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको आंकडाले १० हजार पारे गरेको हो । स्वास्थ्य तथा जनसंख्या...

विवाह नहुँदा टेलरिङ व्यवसायीको हात खाली

बागलुङ, २५ वैशाख-अघिल्ला वर्षका वैशाख र जेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपाली भने कामविहीन भएका छन् । बागलुङ बजारको हल्लनचोकका टेलरिङ व्यवसायी सुजन परियार कामको चापले लगनको महिनामा राम्रोसँग खान र सुत्न...

सप्तरी र उदयपुरमा कोरोना सङ्क्रमति भेटिएपछि सिरहाका सबै नाका सिल

सिरहा, ३० वैशाख-कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा...

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

काठमाडौं, ९ जेठ-नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा नवलपरासी (वर्दघाट...

श्रीलंकाको बाटोमा पाकिस्तान

काठमाडौं । पाकिस्तानले आर्थिक संकटसँग जुध्नका निमित्त संयुक्त राज्य अमेरिकासँग मद्धतको अपिल गरेको छ । अन्तर्राष्ट्रिय संचार माध्यम रोयटर्सका अनुसार पाकिस्तान आर्मीका चिफ कमर जावेद बाजवाले अमेरिकाका उप-विदेश मन्त्री वेन्डी सरमनसँग अन्तराष्टिय मुद्रा कोषबाट पाकिस्तानलाई...

लिदी पहिरो : विस्थापितलाई सेलाङको बाँसखर्क सारिँदै

सिन्धुपाल्चोक, ६ भदौ-लिदी पहिराका विस्थापितलाई स्थानान्तरण कार्य थालिएको छ । जुगल गाउँपालिका-१ सेलाङको बाँसखर्कमा सार्ने तयारी गरिएको हो । हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । सबै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्