बेलायती नागरिक लिन आज चार्टर विमान आउँदै

 न्यूज विराट
बेलायती नागरिक लिन आज चार्टर विमान आउँदै

नेपालमा रहेका बेलायती नागरिक बुधबार (आज) फर्कंदै छन् । बेलायती नागरिक लैजानका लागि बुधबार दिउँसो १२ बजे टाइटन एयर काठमाडौं आउँदै छ ।

उक्त एयरले चार्टर उडान गर्न नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको छ । टाइटनले ३ सय यात्रु बोकेर फर्कंदै छ । त्यस्तै, लकडाउनपछि कतार एयरले नेपालबाट आफ्नो छैटौँ चार्टर उडान पनि गर्दै छ ।

जर्मन दूतावासले गरेको चार्टरमा उसले जर्मनी र युरोपेली मुलुकका नागरिक लिएर फर्कन लागेको हो । कतार एयर ११ बजे आएर १२ बजे फर्कंदै छ । बुधबारको समेत उडानपछि लकडाउनको अवधिमा विमान चार्टर गरेर करिब २ हजार ६ सय विदेशी नागरिक फिर्ता गएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीका सल्लाहकारले भने– हामी अब ०७५ जेठ २ को अवस्थामा फर्केका छौँ

प्रधानमन्त्री केपी शर्मा ओलीका विदेशमामिला सल्लाहकार डा. राजन भट्टराईले सर्वोच्च अदालतको फैसलाले पार्टी पुरानै अवस्थामा फर्किएको बताएका छन् । नेकपा नामसम्बन्धी विवादको टुंगो लगाउँदै ऋषिराम कट्टेलको पार्टीलाई मान्यता दिएपछि ट्वीट गर्दै उनले पार्टी एकताअघिको अवस्थामा फर्किएको...

सुनको सिक्री चोरी आरोपमा मोरङबाट दुई जना पक्राउ

विराटनगर । सुनको सिक्री चोरी आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय बेलबारीले चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका वडा नं ९ बैगुनधुरा का...

शिक्षण अस्पतालले भन्यो – अस्पतालकर्मीमा कोभिड–१९ सङ्क्रमण छैन  

काठमाडौं, ३ जेठ-महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनै पनि अस्पतालकर्मी कोभिड–१९ बाट सङ्क्रमित नभएको जनाएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खण्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले हालसम्म कोही...

लकडाउनलाई बढाएर सीमामा कडाइ गर्न राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं, १ वैशाख-राष्ट्रिय सभाका सदस्यले लकडाउनलाई बढाउन र सीमामा कडाइ गर्न माग गरेका छन् । आज राष्ट्रियसभाका अध्यक्षले गरेको भर्चुअल बैठकमा बोल्दै सदस्यले कोभिड-१९का थपिँदै गएका संक्रमितहरूलाई मध्यनगर गर्दै यसलाई नियन्त्रण तथा रोकथामका लागि लकडाउन...

‘कोभिड–१९’ को प्रतिकार्यमा सक्षम हुनेछौँ : मुख्यमन्त्री शाही

सुर्खेत, १ बैशाख-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्याशितरूपमा कोरोना...

अतिक्रमित भूभाग समेटिँदा मधेशमा उत्साह

काठमाडौं, ५ असार-पश्चिम नेपालको भारतीय अतिक्रमणमा परेको भूभाग मुलुकको राष्ट्रिय निशान छापमा समेटिएपछि महोत्तरीमा उत्साह देखिएको छ । मुलुकको सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले राष्ट्रको निशानछाप सच्याउन संविधान संशोधनमा अभूतपूर्व एकता देखाएका महोत्तरीका राजनीतिक...

औषधी व्यवसायीद्धारा शुभकामना आदान प्रदान कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले बडादसैँ, शुभदीपावली, नेपाल संवत् छठलगायत चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको...

गुण्डा नाइके अभिषेक गिरीलाई विराटनगर ल्याइएपछि खैलाबैला मच्चियो, कैदीबन्दी आन्दोलित

विराटनगर, १६ कात्तिक । अन्ततः गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याइएको छ । नेपाली कांग्रेसका नेताहरुको दवावमा गिरीलाई मोरङ कारागार ल्याइएपछि अन्य कैदीबन्दीहरु आतंकित बनेका छन् । काठमाडौंको डिल्लीबजार कारागार लैजानु अघिसम्म मोरङ कारागारमै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्