कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको ज्यान गएमा प्रदेश १ सरकारले ५० लाख दिने घोषणा

 न्यूज विराट
कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको ज्यान गएमा प्रदेश १ सरकारले ५० लाख दिने घोषणा

विराटनगर, चैत २५-कोरोना संक्रमितको उपचारमा खटिने क्रममा कसैले ज्यान गुमाए प्रदेश १ सरकारले ५० लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले कोरोनाबाट संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाए स्वास्थ्यकर्मी तथा कर्मचारीका परिवारलाई प्रदेश १ सरकारले ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको हो ।

कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी¸ सुरक्षाकर्मी¸ एम्बुलेन्स चालक¸ स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएका परिवाललाई ५० लाख प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

कोरोना उपचारमा खटिनेहरुको सुरक्षाको प्रत्याभूति गर्न यस्तो निर्णय गरिएको मन्त्री कार्कीले बताए । प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । मंगलबारसम्म प्रदेशका ९० जनाको स्वाब संकलन भएको छ भने ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी ५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश सरकारले जनाएको छ । अहिले प्रदेशमा ९ जना आइसोलेसनमा छ्न् भने ६१३ जना क्वारेन्टाइनमा छन्। त्यस्तै २ हजार ८ सय ८५ जना होम क्वारेन्टाइनमा छन्।

सम्बन्धित समाचार

सुनको सिक्री चोरी आरोपमा मोरङबाट दुई जना पक्राउ

विराटनगर । सुनको सिक्री चोरी आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय बेलबारीले चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका वडा नं ९ बैगुनधुरा का...

अन्तःशुल्कको स्टिकरसहित मोरङको कर्सियादेखि व्यापारी पक्राउ, सोमबार धरौटि तोक्ने तयारी

विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ४ कर्सिया बाट भण्डारन गरिएको राजस्व विभागको अन्तःशुल्क स्टिकरसहित एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।कर्सिया बजारमा रहेको केशव निराना पसलका संचाकल ४८ वर्षीय सुनीलकुमार राजवंशीलाई इलका प्रहरी...

दिल्लीमा फोहोरको थुप्रोमा कोरानाबाट मृत्यु भएकाको शव

एजेन्सी, जेठ ३०-भारतको सर्वोच्च अदालतले कोरोना भाइरसका विरामीको उपचार र शब व्यवस्थापनमा भइरहेको व्यवहारलाई लिएर कडा आदेश जारी गरेको छ । अदालतले दिल्ली सरकारमाथि प्रश्न उठाउँदै भनेको छ, ‘यदि मानिसका शब फोहोरको थुप्रोमा भेटिन थालेका...

कोशी प्रदेशमा ३ असारबाट खेलकुदको कार्यक्रम सुरु, तेह्रथुमबाट हुँदैछ उद्घाटन

विराटनगर । कोशी प्रदेशमा असार ३ गतेबाट खेलकुदका प्रतियोगिताहरु सुरु हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले विभिन्न १२ खेलका प्रतियोगिताहरु असार ३ गतेदेखि सञ्चालन गर्न लागेको हो । तेह्रथुममा एक भव्य कार्यक्रम आयोजना...

गाउँपालिका उपाध्यक्षको ससुराको मृत्यु हुँदा सार्वजनिक बिदा

काठमाडौं, साउन २२ । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधनमा शुक्रबार शोक बिदा दिएको छ  गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको बिहीबार राति ११ः४० बजे निधन भएको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय...

विदेशमा अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न आग्रह

काठमाडौँ,  १२ असोज-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको...

मोरङ जिल्ला अदालतका न्यायाधीशलाई कोरोना पुष्टि 

विराटनगर, २६ साउन-मोरङ जिल्ला अदालतका एक जना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोसी अस्पतालको ल्याबमा गराएको परीक्षणमा आइतबार साँझ न्यायाधीशमा कोरोना संक्रमण रहेको रिपोर्ट आएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी...

कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्छःमन्त्री मगर

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सहकारीले कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्ने बताउनु भएको छ।नेपाल निजामती कर्मचारी संगठन मोरङको विस्तारित वैठक तथा सम्मान कार्यक्रम एवं राष्ट्र सेवक वचत तथा ऋण सहकारी संस्था लिमिटेड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्