आइसोलेसनबाट फरार महिला प्रहरीको नियन्त्रणमा

 न्यूज विराट
आइसोलेसनबाट फरार महिला प्रहरीको नियन्त्रणमा

जनकपुरधाम, २५ चैत-प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ ।

भारत बिहारको झंझारबाट आएकी सिरहाको नरहा गाउँपालिका ३ निवासी ५५ वर्षीया शैला खातुनलाई कोरोना भाइरसको लक्षण देखिएपछि प्रादेशिक अस्पताल जनकपुरधाममा गत दुई दिनअघि भर्ना गरिएको थियो ।

आइसोलेशनमा उपचाररत ती महिला सोमबार अस्पतालबाट फरार भएकी थिइन् । कोरोना शंकास्पद बिरामी अस्पतालबाट फरार भएको खबर बाहिरिएपछि प्रहरीले खोजी शुरु गरेको थियो । प्रहरीले ती महिलालाई सपहीबाट पुनः नियन्त्रणमा लिई अस्पताल पुर्‍याइएको जानकी प्रहरी चौकीले जनाएको छ ।

भारत बिहारको झँझारपुरबाट एक सातापूर्व आएकी खातुनलाई सर्दी, खाँसी र ज्वरो समस्या आएपछि उनको छोराले घरमा बस्न दिएन । त्यसपछि उनी छोरी कहाँ गइन्, तर छोरीले पनि घरमा बस्न दिएनन् । त्यसपछि आफूलाई थाहा भएपछि गत दुई दिनअघि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको कुरा नरहा गाउपालिका ३ का वडाध्यक्ष अन्सुल अन्सारीले बताए ।

वडाध्यक्ष अन्सारीले शैला खातुन अस्पतालबाट बेलुका तर्फ भागेको कुरा थाहा पाएपछि हामी स्थानीयस्तरमा खोजतलासमा जुटेको बताए । तर, उनी सपहीमा भेटेको कुरा प्रहरीबाट थाहा पाएपछि अहिले गाउँलेहरू पनि सतर्कतासहित ढुक्क भएको उनले बताए ।

सम्बन्धित समाचार

इक्युवालिटि कप क्रिकेट सोमबारदेखि विराटनगरमा सुरु

विराटनगर र महिला समानताका लागि नेपाल क्रिकेट फाउण्डेशनले भुइँ तह तथा महिला विकासका लागि चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना शुरु भएको छ। विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा आज भएको...

प्रदेश–१ मा ६ सय ७० जनाको परीक्षण रिपोर्ट नेगेटिभ

मोरङ, २ वैशाख-प्रदेश–१ मा कोरोना भाइरसका शंकास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ ।‘थ्रोट स्वाब’ नमुना संकलन गरिएका २३३ जनाको नमुनामध्ये पीसीआर मेसिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने...

विराटनगरमा नेकपा प्रचण्ड–नेपाल समुहको प्रदर्शन

विराटनगर, १४ पुस-प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकप) प्रचण्ड–माधबकुमार प्रक्षले विराटनगरमा प्रदर्शन गरेको छ । प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरुद्धमा शक्ति प्रदर्शन सहित विराटनगरमा अहिले जुलुस निकालेको छ । विरेन्द्र सभागृहबाट सुरु भएको जुलुस...

एक जिल्लाबाट अर्को जिल्ला आउजाउ बन्द, सवारी पास रद्द

काठमाडौं, ३० वैशाखनेपालमा कोरोना संक्रमित बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि पास रद्द गरेको छ । जेठ १ गतेबाट सबै प्रकारका पास रद्द गरिएको गृह मन्त्रालयले जानकारी दिएको...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा बन्द

विराटनगर, साउन २७-कोरोना संक्रमण देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण देखिएपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालका सहायक निर्देशक डा. विकास साहले सूचना जारी गर्दै कोरोना फैलिइरहेकाले स्थानीय प्रशासनले समेत...

नेकपा स्थायी समिति बैठक जारी, प्रचण्डले अध्यक्षता गर्दै

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी रहेको छ । विहान साढे ११ बजेटबाट जारी तेस्रो दिनको बैठकमा पुष्पकमल दाहालले अध्यक्षता गरिरहेका छन् । आज पनि बैठकमा सीमा समस्याका...

तेली समाजको महिला कमिटि मोरङमा गठन, अध्यक्षमा अम्बिका साह

विराटनगर । तेली कल्याण समाज नेपालको मोरङ जिल्ला महिला कार्यसमिति गठन गरिएको छ । विराटनगरमा शनिबार भएको प्रथम महिला भेलाबाट विराटनगर ८ की अम्बिका साहलाई अध्यक्षमा चयन गरिएको हो । साहको अध्यक्षतामा १५ सदस्यिय समिति...

देशभर कोरोना संक्रमणबाट १० जनाको मृत्यु

काठमाडौं, ४ असोज-गत २४ घण्टामा नेपालमा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ । आज ६ महिला चार पुरुष गरी १० जना संक्रमितको निधन भएको हो ।  आज काठमाडौंका चार, ललितपुर, भक्तपुर, चितवन, रूपन्देही र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्