प्रदेश १ सरकारको जनसुरक्षा कोषमा ११ करोड ८५ लाख जम्मा

 न्यूज विराट
प्रदेश १ सरकारको जनसुरक्षा कोषमा ११ करोड ८५ लाख जम्मा

विराटनगर, चैत्र २५–प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप २० रुपैयाँ लाख जम्मा भएको छ । अब कोषमा रकम दाखिला भएको परिमाण ११ करोड ८५ लाख ७४ हजार ५ सय ५० जम्मा भएको हो । कोषमा सोमबारसम्म ११ करोड ६५ लाख ११ हजार ३१ रुपैयाँ रहेको थियो ।

प्रदेश सरकारको कोषमा रकम दाखिला गर्दा गर्नेको नाम, ठेगाना स्पष्ट उल्लेख गरी बैंक दाखिला गरेको आवश्यक विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई इमेल गरी पठाउन आग्रह गरेको छ ।

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

सम्बन्धित समाचार

इलाम २ मा ३२ हजार १९४ मत गणना हुँदा एमालेका सुहाङ ४६८३ मतले अगाडि

विराटनगर । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार...

बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी लगभग नियन्त्रणमा

काठमाडौं, २३ साउन । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट कारखानामा गए रातिदेखि भएको आगलागी लगभग नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणमा लिनका लागि दमकल तथा हेलिकप्टरको प्रयोग गरिएको थियो । औद्यौगिक क्षेत्रका अध्यक्ष एन...

विराटनगर दरैयावस्तीबाट लागूऔषध सहित एक युवक पक्राउ

विराटनगर, २९ कात्तिक । विराटनगरको सीमा क्षेत्रबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन् । आज विहान ११ बजे विराटनगर–१६ स्थित नेपाल–भारत सीमा नजिकैको दरैया बस्तीबाट गोरखाको शहिद गाउँपालिका–७ का २२ बर्षीय मनिष श्रेष्ठलाई प्रहरीले पक्राउ...

भूमी आयोगको काम द्रुत गतिमा अगाडी बढ्दै, १४ वटा पालिकामा अभिमुखिकरण

विराटनगर । भूमी समस्या समाधान आयोग मोरङका पदाधिकारीहरुले जिम्मेवारी सम्हालेसँगै काम द्रुत गतिमा अघि बढेको छ । आयोग मोरङका अध्यक्ष नविन पौडेल, सदस्यहरु विजय डाँगी र गणेश कुमार खड्का नियुक्त भएर आएसँगै काम तिब्र गतिमा...

भ्रष्टाचार सर्वेक्षणको प्रतिवेदन सार्बजनिक गर्न अध्यक्ष गोल्छाको माग

काठमाडौं, ११ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गरेका छन् । भन्सार विभागले गरेको सर्वेक्षण सराहनिय भएको तर प्रतिवेदन सार्वजनिक नभएको भन्दै...

बाढीले बगाएर भारत पुर्‍याएको गैँडाको ३ वर्षपछि उद्धार

चितवन, २१ साउन-३ वर्षअघि बाढीले बगाएर भारत पुर्‍याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो ।  चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार...

पूर्वाञ्चल सुरक्षा व्यवसायी संघको अध्यक्षमा घिमिरे

विराटनगर, १५ साउन । पूर्वाञ्चल सुरक्षा व्यवसायी संघ १ नम्बर प्रदेशको छैठौ अधिवेशनवाट सुरक्षा व्यवसायी एवंम समाजसेवी तिर्थराज घिमिरे सर्वसम्मत चयन भएका छन । शनिवार वेलवारीमा भएको सो अधिवेशनबाट ११ सदस्यीय चयन गरिएको छ ।...

पत्रकार प्रेम देवानलाई ‘आदर्श युवा सम्मान’

विराटनगर । विराटनगरका सक्रिय पत्रकार प्रेम देवान सम्मानित भएका छन् । विराट आदर्श साहित्य मञ्चले देवानलाई शुक्रबार ‘आदर्श युवा सम्मान’ २०८१ बाट सम्मानित गरेको हो । देवानलाई नगद १० हजार रुपैयाँसहित कदर पत्रले कार्यक्रमका अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्