धनुषामा वडाध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखियो

 न्यूज विराट
धनुषामा वडाध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखियो

धनुषामा एक जना वडा अध्यक्षलाई ‘क्वारेन्टाइन’मा राखिएको छ । आइतबार भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष भोगेन्द्र पाठकलाई स्थानीयको दबावमा ‘क्वारेन्टाइन’मा राखिएको हो ।

भारतको मधुवनीबाट आइतबार दिउँसो उनी घर फर्केपछि स्थानीय त्रसित बनेका थिए । इलाका प्रहरी कार्यालय खजुरीमा स्थानीयले वडाध्यक्ष पाठक भारतबाट आएको जानकारी गराएपछि प्रहरीको सक्रियतामा उनलाई ‘क्वारेन्टाइन’मा राखिएको जनकनन्दनी गाउँपालिकाका प्रशासकिय अधिकृत कुलानन्द झाले जानकारी दिए ।

उनलाई सोही गाउँपालिका वडा नं.४ स्थित उच्च माध्यमिक विद्यालय खजुरीमा स्थापना गरिएको ‘क्वारेन्टाइन’मा राखिएको छ । वडा अध्यक्षसँगै सो ‘क्वारेन्टाइन’मा अहिले भारतबाट फर्केर आएका ९ जना छन् । धनुषामा १६ वटा ‘क्वारेन्टाइन’स्थल वनाइएको छ । जसमा अहिले ८८ जना रहेका छन् ।

सम्बन्धित समाचार

डाक्टर दिपक सिग्देलसहित पाँच जना चिकित्सक ११ औं तहमा बढुवा

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिनियरका आधारमा प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन डा. दीपक सिग्देलसहित पाँच जनालाई ११ तह अर्थात सह सचिवमा बढुुवा गर्ने भएको छ । ११ तहका चिकित्सक स्वास्थ्यका प्रमुख खम्बा हुन् ।...

दिल्लीस्थित जामिया विश्वविद्यालय बाहिर गोली चल्यो

एजेन्स, माघ २०–भारतको राजधानी नयाँ दिल्लीस्थित जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयल बाहिर गोली चलेको छ । बीबीसीका अनुसार विश्वविद्यालयको गेट नम्बर पाँचमा गोली चलेको हो । जामियाका छात्र जोएब अहमदले भने, ‘अचानक मानिसहरु चिच्याएको आवाज आउन...

इगो त्यागेर पार्टी एकताको बाटोमा अग्रसर हुन सवै नेता कार्यकर्तालाई झलनाथको अपिल

काठमाडौं, असार २ । एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इगो त्यागेर पार्टी एकताको बाटोमा अग्रसर हुन सवै नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ । केही दिनदेखि अस्वस्थ भई नर्भिक अस्पतालमा उपचाररत नेता खनालले थप उपचारका...

जवरजस्ती करणीको आरोपमा दुई कराँते प्रशिक्षक पक्राउ

विराटनगरमा एक १९ बर्षीय किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। गत असार २८ गते किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर– ३ का ५० वर्षीय विनोद राउत र सुरज सुवेदीलाई पक्राउ गरेको...

सुदूपश्चिममा संक्रमितको संख्या ९२ पुग्यो

डडेल्धुरा, २३ जेठ-सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार  धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९२ पुगेको...

आज विराटनगरमा २१९ जनामा कोरोना संक्रमण

विराटनगर, ८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि आव्हान, दलहरूलाई प्रदेश प्रमुखले दिए असोज २६ गतेसम्मको म्याद

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले ६ दिनको समय दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले शनिबार नयाँ सरकार गठनका लागि ६ दिनको समय...

प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रियाका लागि मोदीको शुभकामना

काठमाडौं, फागुन १९–प्रधानमन्त्री केपी शर्मा ओलीको सफल शल्यक्रियाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गरेका छन् । मोदीले सोमबार बिहान ट्विट गर्दै नेपाली समकक्षी ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्