प्रदेश १ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

 न्यूज विराट
प्रदेश १ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

प्रदेश–१ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । चितवन, झापा र सुनसरी गरी छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको हो ।चितवनमो इच्छा मनकामना–३ सौराहका २७ बर्षीय चित्रकुमार गुरुङको स्काभेटर दुर्घटनाबाट मृत्यु छ ।

आइतबार ताप्लेजुङ फक्तालुङ–६ फेदीखोला स्थित नयाँ निर्माणाधिन उत्तर दक्षिण दोभान–ओलाङचुङगोला सडक खण्डमा स्काभेटर सडकबाट सय मिटर तल खसेर दुर्घटना हुँदा चालक गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, झापा मेचिनगर–११ मिलडाँडा बस्ने ५६ बर्षीया तारादेबी कुमालको पानी डुबेर ज्यान गएको छ ।आइतबार बेलुका छिमेकीको घरमा घुम्न आएको अवस्थामा आँगनमा पानी जमाउन बनाएको रिङमा डुबेर उनको ज्यान गएको हो ।

सुनसरीको कोशी गाउँपालिका–२ का ४८ बर्षीय शिवु यादवको बयलगाडाबाट लडेर मृत्यु भएको छ । आइतबार अपरान्ह ५ बजे सोही स्थानबाट बयलगाडा चलाएर खेतमा गँहु लिन जाने क्रममा नहरको खाल्डोमा पल्टिँदा गम्भीर घाइते भएका यादबको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनः रुपन्देहीको मतगणनास्थलमै कुटिए उम्मेदवार

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रूपन्देहीको मतगणनास्थलमा कुटाकुट भएको छ । कुटाकुटमा परी महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका दीर्घबहादुर केसी घाइते भएका छन् । रूपन्देहीको क्षेत्र नं. २ को मतगणनास्थलमा दुइ पक्षबीच विवाद सिर्जना भएपछि कुटाकुट...

भारतमा कोभिड-१९ को खोप केही हप्तापछि आउँछ : प्रधानमन्त्री मोदी

एजेन्सी, १९ मंसिर-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन् । उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरूसँगको बैठकका क्रममा सो कुरा बताएका हुन् । प्रधानमन्त्री मोदीले...

कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट , कुन क्षेत्रमा कति बजेट ?

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज उक्त बजेट प्रस्तुत गरेका हुन्...

मेडिकल कलेजले भाडा तिर्न आलटाल गरेपछि

भरतपुर, १९ असार-चितवनमा रहेको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने २ करोड ५८ लाख १४ हजार ४ सय २५ रुपैयाँ तिर्न आलटाल गरेको छ । सो कलेजले भरतपुर अस्पतालको ९ विगाह जग्गा...

प्रधानमन्त्री ओलीद्वारा कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहसँग छलफल

काठमाडौं, २३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को रोकथाम र नियन्त्रणका बारेमा स्थानीय तहका संघसंगठन तथा पदाधिकारीसँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहले भोगेका समस्या,...

प्रहरीले बरामद गरेको पदार्थ युरेनियम-२३८ भएको नास्टद्वारा पुष्टि

काठमाडौंको बौद्धबाट प्रहरीले बरामद गरेको युरेनियम २३८ भएको पुष्टि भएको छ । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बिहीबार प्रहरीले बरामद गरेको साढे २ किलो पदार्थ युरेनियम नै भएको पुष्टि गरेको हो । नास्टले...

देशभर थप १ हजार १७० जनामा कोरोना पुष्टि

काठमाडौं, २९ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

चीनले अनुदानमा दिएकाे ४० हजार पीसीआर टेस्ट कीटसहितका सामग्री सरकारलाई हस्तान्तरण

काठमाडाैं, २९ वैशाख-काेराेना भाइरस नियन्त्रण तथा राेकथामका लागि सहयाेग स्वरूप चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएकाे छ । सोमबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्