गगन थापा भन्छन् : सरकार ! अब त चेतौँ

 न्यूज विराट
गगन थापा भन्छन् : सरकार ! अब त चेतौँ

नेपालका एक स्थानीयमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएपछि नेपाल कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले सरकारलाई सचेत हुन आग्रह गरेका छन् । उनले कोरोना भाइरसको नमुना परीक्षणको दायरा फराकिलो बनाउन, परीक्षणको गति र संख्या पनि बढाउन सरकारलाई आग्रह गरेका हुन् ।

‘हामीले निरन्तर भनिरह्यौँ; ‘संक्रमणको चेन तोड्न परीक्षणको दायरा बढाऔँ, संक्रमितको सम्पर्कमा रहेकाको खोजी गरौँ, अलग राखौँ र लक्षण नदेखिए पनि परीक्षण गरौँ’ सामाजिक संजाल ट्विटरमार्फत उनले भने ‘आज ! जना स्थानीयमा संक्रमण भेटिएको छ । सरकार! अब त चेतौँ । परीक्षणको दायरा फराकिलो बनाऔँ, परीक्षणको गति र संख्या बढाऔँ ।’

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन नेपालीमा कोरोना संक्रमण देखिएको पुष्टि गरेपछि पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाको यस्तो टिप्पणी आएको हो । सरकारले कन्ट्याक ट्राकिङलाई तीव्र गतिमा बढाइरहेका बताएका बेला नेपालमा स्थानीय एक महिलामा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ देखिएको हो ।

संक्रमित महिला दुबईबाट आएका धनगढीका कोरोना संक्रमितकी भाउजू हुन् भने अन्य दुई जना भारतका विभिन्न ठाउँबाट आएका व्यक्ति हुन् । उनीहरूको सेती प्रदेशिक अस्पतालको आईसोलेसनमा राखेर उपचार भइरहेको छ । योसहित नेपालमा नेपालमा संक्रमितको संख्या ९ पगेकोमा ंएकजना संक्रमणमुक्त भइरसका छन् भने अन्यको उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीद्वारा पत्नी शाक्यलाई टीका

काठमाडौं, कात्तिक १०-प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन् । कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा...

विद्युतीय माध्यमबाट पाँच लाखसम्म कर्जा

काठमाडौं, २८ माघ । बैंक तथा वित्तीय संस्थाहरूले अब ग्राहकलाई विद्युतीय माध्यमबाट कर्जा (ऋण) दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेण्डिङ) सम्बन्धी मार्गदर्शन जारी गर्दै सो...

काङ्ग्रेसकाे अनुगमन समितिद्वारा औषधि व्यावसायीसँग छलफल

काठमाडौँ, १६ साउन-नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले कोरोना भाइरस सङ्क्रमण महामारीको अवस्थामा औषधिको सहज उपलब्धता, समस्या र समाधानका विकल्प बारेमा नेपाल औषधि थोक व्यवसायी सङ्घसँग छलफल गरेको छ । ...

मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन सम्पन्न

जनकपुर, फागुन ६–मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन इज्तिमा सप्तरीको बोदेबर्साइन ५ जाजरमा सम्पन्न भएको छ । नेपाल तथा भारतका गरी करिब २ लाख भन्दा बढी सहभागी मुस्लिम समुदायद्वारा संयुक्त रुपमा पवित्र नामाज र प्रार्थना...

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना पुष्टि

काठमाडौं, १६ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा साे संख्यामा संक्रमण पुष्टि...

सामान्य अवस्थामा पनि राजस्वको लक्ष्य पूरा हुन सक्दैन : विनोद चौधरी

काठमाडौं, १८ जेठ-कांग्रेस सांसद तथा उद्योगी विनोद चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि अनुमान गरेको राजस्व सामान्य अवस्थामा पनि उठ्न नसक्ने दाबी गरेका छन् । आइतबार बजेटमाथिको छलफलमा चौधरीले चालू वर्षमा १० महिना पूर्ण रूपमा...

खोप नलगाएकालाई भारत प्रवेशमा रोक

बैतडी, १९ मङ्सिर-भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य...

एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि ग्रेडेड र अरिहन्त स्कुललाई

विराटनगर । जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलल र अरिहन्त स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा सोमबार आयोजना गरिएको प्रतियोगिताको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्