विराटनगर, चैत २१-एनआईसी एशिया बैंकले प्रदेश १ सरकारसँगको सहकार्यमा ५ लाख रुपैयाँबराबरको चामल, तेल, नुन, दाललगायतका खाद्यान्न सामग्रीहरू वितरण गरेको छ ।
बैंकले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट बच्न नेपाल सरकारले गरेको लकडाउनको बेला मर्कामा परेका प्रदेश १ मा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई राहत पुर्याउने उद्देश्यले उक्त सहयोग गरेको हो ।
हाल सरकारले गरेको लकडाउन घोषणाका कारण देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरूसमेत बन्द रहेको अवस्थामा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई उक्त सहयोगले केही मात्रामा भए पनि राहत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बताएको छ ।