समाचार डिलिट प्रकरणः सिरान टेक्नोलोजिजले माफी माग्यो

 न्यूज विराट
समाचार डिलिट प्रकरणः सिरान टेक्नोलोजिजले माफी माग्यो

अनलाइन न्यूज पोर्टलमा प्रकाशित भएको समाचार हटेको प्रकरणमा ‘काठमाडौं प्रेस डटकम’को साइट निर्माण कम्पनी सिरान टेक्नोलोजिज प्रा.लि.ले माफी मागेको छ ।

‘११ वर्षअघि सिरान टेक्नोलोजिज प्रालि स्थापना भएपछि हामीले १०० भन्दा बढी न्यूजपोर्टलहरूको सीएमएस निर्माणदेखि व्यवस्थापन गर्दै आएका छौँ । यो ११ वर्षमा हामीले यस्तो प्रकारको समस्या पहिलोपटक भोगेका हौँ’, टेक्नोलोजिजका अध्यक्ष विश्वास ढकालद्वारा बिहीबार साँझ जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं प्रेस डटकममा १८ चैतमा ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकमा प्रकाशित समाचार १९ चैतमा केही समयका लागि वेबसाइटबाट हटेको अनपेक्षित घटनाप्रति हामी माफी माग्न चाहन्छौँ ।’

सिरानले १८ चैतमा काठमाडौं प्रेसले विनासन्दर्भ आफ्नो भगिनी संस्था ईसेवालाई समेत जोडेर समाचार प्रकाशित गरेको र सो समाचार प्रकाशित भएपछि भाेलिपल्ट १९ चैतमा अनावश्यक रूपमा ईसेवालाई नजोड्न आग्रह गर्दै सम्पादक गोविन्द परियारसँग संवाद गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

सिरान टेक्नोलोजिजले २ वर्षअघि काठमाडौं प्रेसको वेबसाइट निर्माण गरेको थियो । वेबसाइटको कन्टेन्ट म्यानेजमेन्ट सिस्टम (सीएमएस) लगायतका प्राविधिक विषय सिरान टेक्नोलोजिजले हेर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि स्थगित

काठमाडौं, ८ साउन-२६ र २७ साउनको लागि तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव फेरि सरेको छ । महासंघका पूर्वअध्यक्षहरूसहितको पदाधिकारी बैठकले सरकारले सभा, सम्मेलन गर्न दिने गरी गरेको निर्णयदेखि १५ दिनभित्र साधारणसभा गर्ने गरी निर्णय...

रुकुम हत्याकाण्डको विरोधमा उर्लाबारीमा प्रदर्शन

विराटनगर, जेठ १५-जातकै कारण रुकुम पश्चिममा दलित युवक नवराज विक सहित चारजनाको हत्या भएको भन्दै मोरङको उर्लाबारीमा विरोध प्रदर्शन गरिएको छ । दलित संघर्ष समिति, विश्वकर्मा सेवा समिति उर्लाबारी, राष्ट्रिय दलित पत्रकार संघ मोरङलगायत संघ...

नेकपा पुनः एकीकरणमा जुट्न वामदेवको अपिल (पूर्णपाठ)

काठमाडौं, २५ पुस-नेकपा उपाध्यक्ष वामदेव गौतमले ओली र प्रचण्ड-नेपाल समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियानको संयोजक भएको घोषणा गरेका छन् । शनिबार एक अपिल जारी गर्दै उनले दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी...

आइपीएलः पन्जाबद्वारा हैदराबाद १२ रनले पराजित

एजेन्सी, ९ कात्तिक-युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाब विजयी भएको छ । पञ्जाबले सनराइजर्स हैदराबादलाई १२ रनले पराजित गरेको हो । दुबईमा गएराति भएको खेलमा पन्जाबले दिएको १ सय २७ रनको...

धम्की दिदै चन्दा असुली गर्ने गिरोह विराटनगरमा सक्रिय

विराटनगर । विराटनगरमा धाकधम्की दिदै चन्दा असुली गर्ने गिरोहको समूह सक्रिय रहेको पाइएको छ । विभिन्न नम्बरबाट फोन गर्ने र नदिए ज्यान मार्नेसम्मको धम्की दिएर विराटनगरको विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र औषधी व्यवसायीहरूसँग चन्दा असुली...

त्रिशूली सङ्लिएपछि

धादिङ, २ वैशाख-त्रिशूली सङ्लिएपछि नदीतर्फ मानिसको आकर्षण बढेको छ । कोभिड –१९ बाट बचाउन गरिएको बन्दाबन्दीपछि पर्यटकीय नदी त्रिशूली कञ्चन सङ्लो भएको छ । धमिलो भएर पर्यटक आउन छाडेको नदी नीलो देखिन थालेको छ ।...

मोरङको धनपालाथानमा निःशुल्क दन्त शिविर,  ६८ बालबालिकाको दन्त परीक्षण  

विराटनगर । मोरङको धनपालाथान गाउँपालिकामा निःशुल्क दन्त शिविर र सचेतना मूलक कार्यक्रम आयोजना गरिएको छ । साना पाइला नामक संस्थाले निःशुल्क दन्त शिविर र सचेतना मूलक कार्यक्रम आयोजना गरेको हो ।  स्वस्थ जीवनका लागी मुख...

मोरङमा १६७ सहित प्रदेश १ मा आज १ सय ८१ संक्रमित थपिए

विराटनगर, ११ असोज—प्रदेश १ मा पछिल्लो २४ घण्टामाा १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्