प्रदेश २ मा ५० वटा भेन्टिलेटर र २ वटा पीसीआर थप्न निर्देशन

 न्यूज विराट
प्रदेश २ मा ५० वटा भेन्टिलेटर र २ वटा पीसीआर थप्न निर्देशन

कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिले प्रदेश २ भरिमा ५० वटा भेन्टिलेटर र २ वटा कोरोनाको परीक्षण गर्ने मेसिन पिसिआर थप्न निर्देशन दिएको छ । मुख्यमन्त्री लालबाबु राउत संयोजकत्वको निर्देशक समितिले आज सो निर्देशन सम्बन्धित मन्त्रालय र कार्यकारी समितिलाई दिएको छ ।

निर्देशक समितिले दिएको निर्देशनअनुसार प्रादेशिक अस्पताल जनकपुरमा १०, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा १० र अन्य जिल्ला अस्पतालहरुमा ५/५ भेन्टिलेटर थप गरिने छ भने विरगंज र राजविराजमा पिसिआर मेसिन जडान गरिने छ ।

भेन्टिलेटर र पिसिआर खरिद प्रक्रिया तत्काल शुरु गर्नसमेत निर्देशन दिइएको छ । निर्देशन समितिको आज सम्पन्न बैठकमा विभिन्न मन्त्रालयका सचिवहरुले कोरोना महामारी नियन्त्रण तथा लकडाउनको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रदेश सरकारको कामको निकै आलोचना भइरहेको वेला आजभोलि मुख्यमन्त्री राउत दैनिक कुनै न कुनै घोषणा गरिरहेका छन् तर, धरातलीय अवस्थामा कुनै सुधार नभइरहेको स्थानीयवासीहरु आरोप लगाइरहेका छन ।

सम्बन्धित समाचार

‘श्रमाधान रोजगार मेला’ विराटनगरमा बुधबारदेखि, दुईदिनसम्म चल्ने मेलामा ५० स्टल रहने

विराटनगर । ‘श्रमाधान रोजगार मेला’ विराटनगरमा बुधबारदेखि सुरु हुने भएको छ । दुई दिनसम्म संचालन हुने उक्त मेला विराटनगरस्थित सिटी प्यालेसमा हुने भएको हो । दुई दिनसम्म संचालन हुने ‘श्रमाधान रोजगार मेला’ बिहीबारसम्म संचालन हुने...

सन्थाल समुदाय ‘सोहराय’ पर्वमा रमाउँदै

विराटनगर, पुस २८–यतिखेर आदिवासी सन्थाल समुदाय आफ्नो महान् पर्व ‘सोहराय’ मा रमाइरहेका छन् । ६ दिनसम्म मनाइने यो पर्वमा सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरिन्छ । आदिवासी सन्थाल समुदायको बसोबास रहेको...

आज अपरान्हपछि माैसममा क्रमिक सुधार, भाेलिदेखि घाम लाग्ने

काठमाडौं, २२ माघ । देशभर आज पनि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि दिउँसाेदेखि भने माैसममा क्रमश: सुधार हुँदै जानेछ । माैसमविद् प्रतिभा मानन्धरका अनुसार आज अपरान्हपछि...

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाका १ जनाको मृत्यु

पोखरा, १९ जेठ-पोखरामा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । स्याङ्जा फेदीखोला गाउँपालिका खहरेका खड्कबहादुर कार्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भारतबाट आएर फेदीखोला गाउँपालिकाले बनाएको...

दुर्घटना भएको चार वर्ष : उद्योगी नविन रिजालको उद्योगले बेवास्था गरेको पीडित परिवारको आरोप

विराटनगर । झापाको सुरुङ्गामा चारवर्ष अगाडी भएको एउटा दुर्घटनामा संलग्न चालकलाई नौवर्ष कैद र ६० हजार रुपैँया जरिवानाको फैसला भएपछि परिवारको बिचल्ली भएको छ । २०७७ फागुन १९ गते तीनवटा सवारी एक आपसमा ठोकिदाँ दुईजनाको...

दुर्घटनामा सव इन्जिनियर खानको मृत्यु

विराटनगर । मोरङमा सवारी दुर्घटनामा परी एक जना सव इन्जिनियरको मृत्यु भएको छ । विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको हो ।हरैँचाबाट...

चर्चित कलाकारले तताए एक्स्पो, आज गायिका आस्था र रचनाको प्रस्तुती

विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ टे«ड एक्स्पोमा दैनिक जसो चर्चित कलाकारहरुको प्रस्तुतीले सहभागिहरुलाई मनोञ्जन प्रदान गर्दै आएको छ । मोरङ व्यापार संघको आयोजनामा विराटनगर – २ शंकरपुरमा जारी एक्स्पोमा अहिले दैनिक जसो चर्चित...

आमाको माया छात्रावासमा ट्विन हार्ट मेडिटेशन

विराटनगर, १४ फागुन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा ट्विन हार्ट मेडिटेशन आयोजना गरिएको छ । डिप्रेसन, चिन्ता र तनावबाट मुक्त रहनका लागि विराटनगरस्थित आमाको माया छात्रावासमा ट्विन हार्ट मेडिटेशन आयोजना गरिएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्