देश बाहिरबाट आएर जानकारी नगराई घर बसे कारबाही

 न्यूज विराट
देश बाहिरबाट आएर जानकारी नगराई घर बसे कारबाही

कोरोना भाइरस संक्रमणको अवधिमा नेपाल बाहिरबाट आएर जानकारी नदिई घरमा बस्ने व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले कारबाही गर्ने भएको छ ।

त्यस्ता व्यक्तिहरूलाई संक्रमक रोग ऐन २०२० को दफा ३ बमोजिम कानूनी कारबाही र दण्ड सजाय गर्ने प्रशासकीय अधिकृत जनार्दन कट्टेलद्वारा बुधवार जारी गरिएको सूचनामा उल्लेख छ । भाइरस संक्रमणको अवधिमा नेपाल प्रवेश गरी जानकारी नदिई विभिन्न स्थानमा बसोवास गरिरहेका वा गर्ने व्यक्ति, नेपाल सरकारले तोकेको सर्तबमोजिम क्वारेन्टाइनमा नबसि आदेशको बर्खिलाप कार्य गर्ने व्यक्तिलाई कारबाही गर्ने भएको छ ।

यसैगरी, भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा असहयोग गर्ने, बाधा व्यवधान गर्ने वा गराउने व्यक्तिलाई सो ऐनअनुसार कारबाही गर्ने सूचनामा उल्लेख छ । भारत विहार राज्यसँग सिमाना जोडिएको सप्तरीमा केही दिनयता रातिको समयमा प्रहरीलाई छलेर नेपाल प्रवेश गरि घरमा बसोवास गरिरहेको पाएपछि कार्यालयले त्यस्ता व्यक्तिहरुलाई कारबाही गर्ने तयारी थालेको जनाएको छ ।

सम्बन्धित समाचार

नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’लाई आपत्कालीन प्रयोगका लागि अनुमति

काठमाडौं, २ माघ-नेपालले भारतीय कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको 'कोभिशिल्ड' नामक कोरोना भाइरसविरुद्धको खोपलाई नेपालमा आपत्कालीन...

विराट एक्स्पो चार दिन थपियो, आइतबारसम्म सञ्चालन हुने

विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोको समय थप गरिएको छ । बुधबारसम्म सञ्चालन हुने भनिएको एक्स्पोको समय बढाएर आइतबारसम्म लगिएको छ । एक्स्पोको समय थप गरेर पुस १० गते आइतबारसम्म पु¥याइएको...

अजय राज हस्पिटलमा विशेषज्ञ सेवा, ल्याबमा २५ प्रतिशतसम्म छुट

विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विशेषज्ञ चिकित्सकहरुबाट उपचार हुने गरेको छ ।विशेषज्ञ चिकित्सकहरूबाट हस्पिटलमा आएका विरामीहरुको भरपर्दो उपचार हुने गरेको अस्पतालले जनाएको छ ।अस्पतालमा दुई हप्तासम्म ल्याबमा छुट...

सामूहिक बलात्कार प्रकरण : करातेका प्रशिक्षक राउत र सुवेदीको कसुर ठहर

विराटनगर । सामुहिक बलात्कार कसुरमा पुर्पक्षको लागि कारागारमा रहेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीको अपराध ठहर भएको छ । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले राउत र सुवेदीले गरेको कसुर ठहर...

विराटनगरको क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रद्वारा एक वर्षमा २६ हजार पिन्ट रगत संकलन

विराटनगर, १२ । नेपाल रेडक्रस सोसाईटी मोरङ जिल्ला शाखाअन्र्तगत संचालित क्षेत्रीय रक्त संचार सेवाकेन्द्रले आर्थिक बर्ष २०७६/७७ मा २६ हजार पिन्ट बढी रगत संकलन गरेको छ । सो संस्थाले उक्त आर्थिक बर्षमा २२ हजार पिन्ट...

प्रदेश १ मा जिल्ला अस्पताललाई आसोलेसनसहित १ सय शय्याको बनाइने  

विराटनगर, २३ जेठ-प्रदेश १ का जिल्ला अस्पताललाई आइसोलेन वार्डसहित १ सय शय्या क्षमतामा स्तरोन्नति गरिने भएको छ । आवश्यक पूर्वाधार भएका जिल्ला अस्पतालमा कम्तिमा ४ वटा भेन्टिलेटरसहित आवश्यक चिकित्सकको व्यवस्था मिलाइने भएको हो । आगामी...

गण्डकी प्रदेशका ५ जनाले कोरोना जितेर घर फर्किए

पोखरा, ३१ जेठ-गण्डकी प्रदेशका ५ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । प्रदेशका ५ जना पुरुष संक्रमणलाई जितेर घर फर्किएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार काठमाडौंको...

प्रदेश १ मा ९३७ संक्रमणमुक्त, ३३९ संक्रमित थपिए

विराटनगर, १३ असार । प्रदेश १ मा आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ । प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्