ओम्नी समूहसँगको विवादस्पद स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द

 न्यूज विराट
ओम्नी समूहसँगको विवादस्पद स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द

सरकारले ओम्नी समूहसँग गरेको विवादास्पद सम्झौता रद्द गरेको छ ।चीनबाट समयमै र गुणस्तरीय सामाग्री ल्याउन नसकेपछि ओम्नी समूहसँग सम्झौता रद्द गरेको हो । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

नेपालमा पनि कोरोना भाइरसका संक्रमित देखिएपछि सरकारले चीनबाट चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । विभागले उक्त कम्पनीसँग सम्झौता रद्द गर्नुका साथै ५ करोड रुपैयाँ धरौटी जफत गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो ।

चीनबाट ल्याइएका र्‍यापिट टेस्ट किट गुणस्तरहीन भएको भन्दै आलोचना भएको थियो । महानिर्देशक श्रेष्ठले चीनबाट ल्याइएका सामग्रीको गुणस्तर परीक्षण गरेरमात्रै प्रयोगमा ल्याइने बताए ।

सम्बन्धित समाचार

आजदेखि खुला तरकारी हटिया सञ्चालन

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दै छ । नगरपालिकाको शुक्रबारको बैठकले तीनबुँँदे निर्णय गर्दै प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म...

म्याक्स अस्पतालमा आक्रमण गर्ने दुई जना पक्राउ

विराटनगर, असार १७–विराटनगर महेन्द्र चौक स्थित म्याक्स ईन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा आक्रमण गरेको आरोपमा २ जना पक्राउ परेका छन । बुधबार बिहान करिब ५ बजे वियरको बोतलमा पेट्रोल हालेर आक्रमण गरेको आरोपमा २ जना...

साढे २ महिनादेखि ठप्प सार्वजनिक यातायात पुनः सञ्चालनसम्बन्धी छलफल सुरु

काठमाडौं, २६ जेठ-सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरूपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ । बन्दाबन्दीको झण्डै साढे २ महिना ठप्प भएका सार्वजनिक यातायात सेवालाई पुनः...

इलाममा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु

विराटनगर, १३ असार । इलाममा बिरामी बोकेको ट्याक्सी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ–५ का ६५ वर्षीय हिम प्रसाद लावती, उनकी श्रीमती ५७ वर्षीया पदम कुमारी लिम्बू र माङ्सेबुङ–२ का...

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२ पुग्यो

काठमाडौं, ७ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा....

९ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ४ जेठ-कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म ९ जना सुरक्षाकर्मीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण देखिन थालेपछि ४ वटै सुरक्षा निकायले कार्य क्षेत्रमा खटिँदा उच्च सतर्कता अपनाएर काम...

इटहरीमा ज्वाइँले यसरी गरे जेठानको हत्या, २४ घण्टा बित्न नपाउँदै हत्या आरोपी सार्वजानिक

विराटनगर । घरायसी विवादको कारण सुनसरीको इटहरीमा नातामा ज्वाइँ पर्ने ४३ वर्षीय रामकुमार भुजेलले जेठानको हत्या गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । इटहरी ५ सिमरवनाका ३८ वर्षीय भुवने चौधरीको हत्या आरोपमा भुजेलले इटहरी...

कटहरीले बेरुजु घटाउँदै, एक वर्षमा १० करोड ८४ लाख बेरुजु फछ्र्यौट

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बेरुजु फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ ।६ वर्षमा जम्मा १४ करोड ११ लाख ७५ हजार बेरुजु रहेको मध्ये आर्थिक वर्षमा २०७७÷०७८ मा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्