चीनमा थप ३६ जना व्यक्तिमा हिजो मङ्गलबार कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् ।
मङ्गलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ । एक जना मात्र चीनको गुआङ्डोङ प्रान्तको भएको बताइएको छ ।
यसैगरी मङ्गबार कोरोना भाइरस सङ्क्रमणको कारण सात जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु भएका सात व्यक्तिमा ६ जना हुबेई प्रान्तको एक जना शाघाईका रहेका छन् ।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट शुरु भएको कोभिड–१९ बाट विश्वभरी आजसम्म ४२ हजार ३४४ को मृत्यु भईसकेको छ ।