कटहरीका स्थानीय युवाहरुले वडाध्यक्षलाईनै वितरण गरे राहत

 न्यूज विराट
कटहरीका स्थानीय युवाहरुले वडाध्यक्षलाईनै वितरण गरे राहत

विराटनगर, चैत १९–‘लक डाउन’ का कारण दैनिक ज्यालादारि मजदुरी गरेर गुजारा गर्ने परिवारको समस्यालाई गम्भिर रुपमा नलिएको भन्दै आक्रोशित मोरङको कटहरी गाउँपालिकाका युवाहरुले वडाध्यक्षलाईनै राहत वितरण गरेका छन् ।

कटहरी गाउँपालिका–१ का वडाध्यक्ष कपुरलाल माझिले लक डाउनका कारण हातमुख जोर्न समस्यामा परेका वडावासीलाई राहतको व्यवस्था गर्न वेवास्ता गरेको भन्दै स्थानीय युवाहरुले उनलाईनै व्यंग्यस्वरुप राहत वितरण गरेका हुन् ।

उनीहरुले वडाध्यक्षको घरमै राहत सामाग्री पु¥याइदिएका छन् । बुधबार स्थानीय युवाहरुको समूहले चामल, तरकारी, नुन, तेलसहितको राहत सामाग्री वडाध्यक्षको घरमै पु¥याईदिएका हुन् ।

लकडाउनको कारण समस्यामा परेको बेला पनि वास्ता नगरेको भन्दै आक्रोशित स्थानीयले व्यंग्यस्वरुप वडाध्यक्ष माझीको घरमा राहत सामाग्री लगिदिएका हुन् । उनीहरुले संकटको बेलामा नागरिकको समस्याप्रति चासो नराखेको भन्दै वडाध्यक्षलाई नै राहत उपलब्ध गराएको बताएका छन् ।

सरकारले स्थानीय तहलाई लकडाउनको कारण समस्यामा परेका परिवारको लगत संकलन गरी राहत उपलब्ध गराउन भनेको छ । तर, वडाध्यक्ष माझीले वास्ता नगरेकोले उनलाई नै समस्या परेको होला भनेर राहत लगिदिएको स्थानीय युवाहरुले बताएका छन् ।

राहतको व्यवस्थापन गर्न अनुरोध गर्दा वडाध्यक्षले माथिबाट केही आएको छैन, म पनि समस्यामा छु भनेकोले उनलाई राहत पुर्याईदिएको स्थानीय युवा मो.रमजानले बताए । युवाहरु आएको सुईको पाएर माझी घरबाट निस्किएकालले उनको घरमा राहत सामाग्री छोडेर आएको उनले बताए ।

सम्बन्धित समाचार

उद्योग कलकारखानाहरुको व्यवस्थापनका लागि प्रदेश सरकारले सहजिकरण गर्ने

विराटनगर, असार १०–प्रदेश नं. १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियैतले लकडाउनको मारमा परेका उद्योगद्यन्दा तथा कलकारखानाहरुको व्यवस्थापनका लागी प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन् । प्रदेश नं. १ प्रदेशसभा बजेट...

विराटनगरमा साइकिल थन प्रतियोगिता हुने, विजेतालाई ३० हजार

विराटनगर । चौथो संस्करणको साइकिल थन प्रतियोगिता विराटनगरमा हुने भएको छ । रोटरी क्लब अफ विराटनगर फ्यिुजनको आयोजनामा विराटनगरमा साइकिल थन प्रतियोगिता हुने भएको हो । आयोजक संस्थाले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी चैत २५...

कुशल र दिपेन्द्र चम्किदा फिलिपिन्समाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं । टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ । कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो । नेपालको यो...

प्रदेश १ मा २ लाखको कोरोना परिक्षण

विराटनगर, २७ मंसिर–प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास...

कोरोना संक्रमणबाट देशभर १२७४ जनाको मृत्यु

काठमाडौं, २६ कात्तिक-नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप २६ जनाको कोरोना संक्रमणबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...

प्रदेश १ मा २३ जना आइसोलेसनमा

मोरङ, ८ वैशाख-कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश–१ मा ६ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन् । ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् । प्रदेशमा आइतबार साँझसम्ममा पीसीआर विधिबाट ३८७ जना स्वाब र...

कोशी अस्पतालमा फेरी एक व्यक्तिको मृत्यु, कोरोना आशंका

विराटनगर, साउन २३–कोरोना संक्रमणको आशंका गरिएका विराटनगरका एक पुरूषको कोशी अस्पतालमा शुक्रबार मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषलाई विहान ९ः४० बजे अस्पताल पुग्नसाथ चिकित्सकले...

विराटनगरमा तथ्यांकमा आधारित र प्रविधिमैत्री विकासमा जोड

विराटनगर । तथ्यांकमा आधारित विकासले मात्रै विराटनगरको समग्र विकास हुने सम्बन्धित क्षेत्रका विज्ञहरूले बताएका छन् । तथ्यांकमा आधारित विकासका लागि विषयविज्ञले तयार पारेको प्रतिवेदन प्रस्तुतीकरणमा विकासविज्ञ डा. सुमनलाल कर्णले तथ्यांकसहित प्रविधिसँग जोडेर विकास गरे लागत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्