तिब्बत सरकारले चीनबाट नेपाल ल्याउन लागिएकाे स्वास्थ्य सामाग्री बीच बाटाेमै राेकिदिएकाे छ । कोरोना भाईरस (कोभिड–१९) परीक्षण, रोकथाम तथा उपचारका लागि चिनियाँ कम्पनीले उपलब्ध गराएकाे स्वास्थ्य समाग्रीको गुणस्तरमा प्रश्न उठेपछि तीब्बतले बाटाेमै राेकिदिएकाे हाे ।
चीनको बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले बुधबार बेइजिङस्थित नेपाली राजदूतावासमार्फत सरकारलाई निःशुल्क रूपमा किट उपलब्ध गराएको थियाे । साेही सामाग्री दूतावासले नेपाल पठाएकाे थियाे । तर, ल्हासामा चीनको नेसनल मेडिकल प्रोडक्सन डमिनिस्ट्रेसनले नेपाल पठाउन लागिएका किट निर्यातयोग्य नभएको पुष्टि गरी बाटाेमै राेकिदिएकाे हाे ।
चिनियाँ कम्पनीले नेपाल पठाएका सामाग्री कोरोना भाइरस परीक्षणका झण्डै डेढ दर्जन किटकाे सूचीमा नपरेकाे तिब्बती विभागकाे भनाइ छ । नेपाल ल्याउन लागिएकाे प्रति टेस्टिङ किटबाट एक जनामा कोरोना भाइरसको परीक्षण गर्न सकिने बताइएकाे थियाे ।