एजेन्सी, चैत १३-भारतको महाराष्ट्रमा कोरोना भाइरस संक्रमित एक परिवार पूर्ण रूपमा निको भएको छ । परिवारका चार सदस्यमध्ये तीन जनामा कोरोनाको संक्रमण भएको थियो । अस्पतालबाट उनीहरू बुधबार साँझ ४ बजे घर फर्किएका छन् ।
हामी यहाँ उनीहरूको नाम उल्लेख गर्दैनौँ किनकि उनीहरूले नाम सार्वजनिक गर्न अनुमति दिएका छैनन् । यो परिवार ५ मार्चमा दुबईदेखि मुम्बई आइपुगेका थिए र ९ मार्चमा अर्थात् ठीक होलीको दिन उनीहरूमा कोरोना भाइरसको संक्रमण भएको थाहा भएको थियो ।
तत्कालै पूरै परिवारलाई क्वारेन्टाइनमा राखेर पूनेस्थित डा. नायडू अस्पताल भर्ना गरियो । त्यहाँ १७ दिन बिताएपछि उनीहरूलाई बुधबार घर फर्काइएको हो ।दैनिक भास्करबाट