‘लकडाउन’को मौकाछोपी आलु र प्याजको कालोबजारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम ४ बस्ने प्रदीप अग्रवाल, अंकित साह र विकाश कुमार साह रहेका छन् ।
बजार अनुगमनको क्रममा विभिन्न चोकमा संचालनमा रहेका पसलमा छापा मार्दा उपभोक्तालाई बढी मूल्यमा आलु र प्याज बेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कोरोना संक्रमण रोक्न नेपाल सरकारले जारी गरेको लकडाउनको मौकाछोपी बजारमा उपभोग्य सामग्रीको अभाव सृजना गरि कालोबजारी भइरहेको छ । नेपालीहरुको भान्सामा नभई नहुने प्याज र आलुको भएकाले पनि व्यापारीहरु दूबैको सबैभन्दा बढी कालोबजारी गरिरहेको छ ।
प्याज ७० रुपैयाँसम्म किलोमा विक्री भइरहेको छ भने आलु ६० रुपियामा विक्री भइरहेको उपभोक्ताहरुले वताएका छन ।कोबी ५० रुपैया केजी विक्री भइरहेको छ । खासगरी तरकारीको बिक्री मूल्य बिक्रेताहरुले मनोमानी तरिकाले निर्धारण गरेपछि यहाँको बजारमा चर्को मूल्यमा उपभोक्ता तरकारी किन्न बाध्य छन् । अन्य समानहरुको पनि मूल्यवृद्धि भएको छ ।