राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा पनि देखिएको कोविड–१९ विरुद्ध आ–आफ्नो ठाउँबाट क्रियाशील हुन सबै पक्षलाई आग्रह गरेकी छन् ।
बिहीबार तेस्रो नेपालीलाई कोरोना संकम्रमण पुष्टि भएपछि एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले घातक भाइरसविरुद्धको अभियानलाई सुदृढ तुल्याएर मानव जीवनको रक्षार्थ क्रियाशील हुन सबैलाई आग्रह गरेकी हुन् ।
उनले सरकारलाई सहयोग गर्न आम सर्वसाधारणलाई आग्रह पनि गरेकी छन् । भाइरसविरुद्ध लड्ने क्रममा सरकारले ९ चैतदेखि २१ चैतसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको भन्दै उनले घरमै बसेर सरकारलाई सहयोग गर्न भनेकी हुन् ।