भोलिबाट २१ दिनका लागि भारतमा लकडाउन घोषणा

 न्यूज विराट
भोलिबाट २१ दिनका लागि भारतमा लकडाउन घोषणा

कोरोना संक्रमण रोक्न भारतले भोलिबाट लागू हु्नेगरी २१ दिन लामो लक डाउन गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउन गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन गर्दै मंगलबार मध्यरातदेखि तीन साता भारतभर लकडाउन गर्ने घोषणा गरेका छन् ।उनले यसअघि १९ मार्चमा देशवासीका नाममा सम्बोधन गर्दै २२ मार्चमा जनता कफ्र्यु घोषणा गरेका थिए । भारतका केही राज्यहरुले जनता कफ्र्युलाई निरन्तरता दिइरहेका छन् । भारतमा कोरोनाबाट ५१९ संक्रमित भएका छन् भने १० जनाको मृत्यु भएको छ । ३९ संक्रमित निको भएर घर गएका छन्

सम्बन्धित समाचार

लकडाउनबारे यसो भन्छन् सरकारका प्रवक्ता 

काठमाडाैं, २५ असोज-सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने बताएको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले लागू गरेका नियम नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने बताएका हुन् ।  यद्यपि,...

मतदान गर्न नपाउँदा दुःखी छुः सांसद मण्डल

विराटनगर, जेठ ३२–राष्ट्रियताका सवालमा जोडदार रुपले आवाज उठाउँदै आएका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले संविधान संशोधनमा मतदान गर्न नपाउँदा दुःख लागेको बताएका छन् । गृह जिल्ला मोरङमै रहेका सांसद मण्डलले सञ्चारकर्मीसँगको कुराकानीमा संशोधनमा मतदान...

पीसीआर परीक्षणमा बढी शुल्क लिने प्रयोगशालालाई कारबाही गर्न पत्राचार

काठमाडौं, १३ असोज-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले तोकेभन्दा...

जवानीमा अपराध, बुढेसकालमा सजाय

विराटनगर । मोरङ मिक्लाजुङ्गका दुई जना प्रतिवादीले जवानीमा गरेको अपराधजको कैद सजाय १६ वर्षपछि आएर भुक्तान गरेका छन् । मिक्लाजुङ गाउँपालिका –१ बस्ने ५० वर्षीय धनकुमार राई र सोही ठाउँका ७० वर्षीय देवी प्रसाद राईले...

प्रदेश १ बाट पदक जित्ने खेलाडीसहित १ सय ९६ जना पुरस्कृत

विराटनगर । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ बाट पदकविजेता खेलाडीहरुलाई प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले पुरस्कारसहित सम्मान गरेको छ । मंगलबार इटहरीमा सम्पन्न खेलाडी सम्मान कार्यक्रममा खेलकुद विकास बोर्डले १ सय...

आज १२ चार्टर्ड उडानमार्फत १ हजार ११५ नेपाली स्वदेश फर्किए

काठमाडौं, २० साउन-विभिन्न मुलुकमा अलपत्र १ हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई विभिन्न एयरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र...

भारतमा एक महिनामा थपिए २६ लाख संक्रमित

एजेन्सी, १५ असोज-भारतमा पछिल्लो एक महिनामा २६ लाख नयाँ कोरोना संक्रमित थपिएका छन् । अगष्टयता सङ्क्रमण ७१ प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतको विभिन्न राज्यमा सञ्चालन गरिएको ‘सिरो प्रिभेलेन्स’ सर्वेक्षणले यस...

कोरोनाबाट उपत्यकाका ८ सहित देशभर १५ जनाको मृत्यु

काठमाडौं, २९ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप १५ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा पाँच महिला र १० पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्