१ नं. प्रदेश सरकारले स्थापना गर्यो ‘कोरोना जनसुरक्षा कोष’, सवै मन्त्रीद्धारा १ महिनाको तलब जम्मागर्ने निर्णय

 न्यूज विराट
१ नं. प्रदेश सरकारले स्थापना गर्यो ‘कोरोना जनसुरक्षा कोष’, सवै मन्त्रीद्धारा १ महिनाको तलब जम्मागर्ने निर्णय

विराटनगर, चैत ११–प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमाप्रदेश सरकारका तर्फबाट १० करोड रकमजम्मा गरेको छ ।

उक्त कोषमा मुख्यमन्त्री सहितमन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय भएको छ ।

साथै सबै मन्त्रालयहरुमा एक जनाअधिकृतस्तरको कर्मचारीलाई कोरोना फोकल पर्सनको रुपमा तोकी प्रत्येक दिन इन्फरमेशन डेक्समा कोरोना सम्बन्धि सूचनाहरु उपलब्ध गराउने आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र अङ्बोले जानकारी दिए ।

सम्बन्धित समाचार

सप्तकोशीको कटानबाट प्रभावितलाई स्थानान्तरण गर्नू:गृहमन्त्री खाण

उदयपुरको बेलका नगरपालिकाका–१, २, ८ र ९ मा सप्तकोशी नदीमा पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । सप्तकोशीको...

खुकुरी प्रहारबाट १ जनाको मृत्यु

विराटनगर, २५ जेठ-खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आज बिहान स्थानीय ३६ वर्षीय शुभराज राईले सोही ठाउँका ६५ वर्षीय डिल्लीराज राई र उनकी...

आज १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण

काठमाडौं, १४ असोज-गत २४ घण्टामा नेपालमा १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा आज देशभर १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि भएको...

सुनसरीको देवानगन्जमा गोली चलाउने दुई जना पक्राउ, तीन जना अझै फरार

विराटनगर । सुनसरीको देवानगन्जमा गोली चलाई तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवानगन्ज-१ का २७ वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव रहेका छन्।सुनसरी...

अन्तर विद्यालय बक्तृत्कला प्रतियोगितामा पोखरीया स्कुलकी रागिनी भइन् प्रथम

विराटनगर । अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित पोखरीया स्कुलकी रागिनी न्यौपाने प्रथम भएकी छिन् । विराटनगरमा शनिबार भएको विराटनगर महानगरपालिका स्तरीय माध्यमिक तह कक्षा ९–१० अन्तर विद्यालय वक्तत्कला प्रतियोगितामा अन्य विद्यालयका प्रतियोगिहरुलाई पछि पार्दै...

बुटवलमा १ सय ५ जनाले छाडे कांग्रेस

रुपन्देही । गठबन्धनसँग असन्तुष्ट रहेका बुटवलका १ सय ५ जना कांग्रेसका युवाहरूले सामूहिक राजीनामा दिएका छन् । बुटवल कांग्रेसको बलियो संगठन रहे पनि माओवादीलाई अनावश्यक स्थान दिएको भन्दै यसरी राजीनामा दिएको उनीहरूको भनाइ छ ।...

२४ घण्टामा थप ८८५ जनामा कोरोना पुष्टि

काठमाडौं, १० भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

छबुँदे माग पूरा गर्न नेपाल समूहले दियो ओलीलाई ४ बजेसम्मको अल्टिमेटम

नेकपा एमालेको नेपाल-खनाल समूहले आफ्ना ६ बुँदे माग पूरा गर्न अध्यक्ष केपी ओलीलाई तीन घण्टे अल्टिमेटम दिएको छ । नेपाल समूहको आकस्मिक स्थायी कमिटीको बैठकले अध्यक्षद ओलीलाई माग पूरा गर्न अपरान्ह चार बजेसम्मको अल्टिमेटम दिएको नेता भीम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्