कतारबाट आएका २ जनामा कोरोना संक्रमणको आशंका

 न्यूज विराट
कतारबाट आएका २ जनामा कोरोना संक्रमणको आशंका

विराटनगर, चैत ११–कतारबाट एक हप्ता अगाडी नेपाल आएका दुई जना युवामा विराटनगर स्थित कोशी अञ्चल अस्पतालले कोरोना भाइरस (कोभिड—१९) को संक्रमण आशंका गरेको छ ।

चैत ३ गते कतारबाट नेपाल आएका २५ वर्षिय नेपाली दुइ जना युवामा मंगलबार कोशी अस्पतालले कोरोना संक्रमणको आशंका गरेको हो । सप्तरी जिल्लाका एक युवा र विराटनगरकी एक युवतीमा कोरोना संक्रमणको आशंका गरिएको कोशी अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डा.लक्ष्मी नारायण यादवले जानकारी दिए ।

कोरोना संक्रमणको आशंका गरिएका दुवैजनालाई आइसोलेनमा राखिएको उनको भनाइ छ । उनले दुवैजना विरामीको नमुना संकलन गरी परिक्षणका लागि काठमाडौंैस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको जानकारी दिए । उनले नमुना परीक्षणको परिणाम ३ दिन पछि आउने जानकारी दिए ।

सम्बन्धित समाचार

विराटनगरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

विराटनगर । भ्रष्टचारीलाई कारवाहीको माग राख्दै विराटनगरमा प्रर्दशन गरिएको छ । भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था विराटनगर मोरङले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी प्रदर्शन गरेका हुन् । भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन गरी दोषीलाई...

कैलालीमा लकडाउन थप कडाइ, अर्को जिल्ला जान नपाइने

धनगढी, १ जेठ-देशभर कोरोना संक्रमितको संख्या थपिँदै गएपछि कैलालीमा पनि लकडाउनमा थप कडाइ गरिएको छ ।गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेपछि कैलालीमा पनि आवागमनमा कडाइ गरिएको...

फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

काठमाडौँ, १८ पुस-राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो । राष्ट्रिय टोलीका कार्यवाहक...

श्रीमतीकै योजनामा औषधी व्यवसायी दुलालको हत्या भएको खुलासा

विराटनगर, जेठ ५–विराटनगरका औषधि ब्यवसायी देवीप्रसाद दुलालको उनकै श्रीमतीको योजनामा हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले उक्त घटनामा मृतक दुलालकी श्रीमतिसहित घटनामा संलग्न थप दुईजनालाई नियन्त्रणमा लिएपछि सो खुलासा भएको हो ।...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ (फोटो फिचर)

विराटनगर । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने पर्वको चौथो दिन आज जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै छठ सम्पन्न भएको हो । ‘खरना’ विधि...

शेयर बजार सर्वसाधारण अनुकुल बन्छः जनार्दन शर्मा

काठमाडौं, १ साउन । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने बताएका छन्। शर्माले शुक्रबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । उनले शेयर बजारमा के कस्ता समस्या छन् तीनलाई सामाधान गर्दै सर्वसाधारण...

क्वारेन्टाइनमा जन्मिए जुम्ल्याहा शिशु

बुटवल, २७ वैशाख-दाङमा क्वारेन्टाईनमा बसेकी १ महिलाले जुम्ल्याहा शिशु जन्माएकी छिन् । तुलसीपुर उपमहानगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा अनिता यादवले जुम्ल्याहा शिशु जन्माएकी हुन् । २ दिनदेखि क्वारेन्टाइनमा बसेकी यादवले शुक्रबार जुम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन्...

कृषीमा कटहरीको नयाँ कार्यक्रम, तुलसी खेती गर्ने कृषकलाई प्रति कठ्ठा ३ हजार अनुदान

विराटनगर । कृषीको क्षेत्रमा कटहरी गाउँपालिकाले नयाँ कार्यक्रम ल्याएको छ । तुलसी खेती गर्ने कृषकलाई गाउँपालिकाले अनुदान दिने भएको छ । तुलसी खेती प्रति आर्षकण बढाउने उद्देश्यले अनुदान कार्यक्रम ल्याएको गाउँपालिकाले बताएको छ । तुलसी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्