विराटनगर ‘लक डाउन’ हुने भएपछी गुद्री बजारमा तरकारी किन्नेको भीड

 न्यूज विराट
विराटनगर ‘लक डाउन’ हुने भएपछी गुद्री बजारमा तरकारी किन्नेको भीड

विराटनगर, चैत १०–विराटनगर महानगरपालिकाले भोलिदेखि लकडाउनको घोषणा गरेपछि गुद्री बजारमा तरकारी किन्नेको भीड लागेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि महानगरपालिकाले भोलिदेखि अनिश्चितकालका लागि लकडाउनको घोषणा गरेको छ ।

साँझपख मात्रै गुद्रीमा तरकारी किन्नेको भीड हुने भए पनि आज दिउँसै देखि उपभोक्ताको भीड लागेको थियो । कोरोनाको सन्त्रासको फाइदा छोपी तरकारीमा समेत कालोबजारी भएको उपभोक्ताको गुनासो छ ।

भारतसँग सीमा जोडिएको नाका बन्द र गाउँबाट समेत तरकारी आउन छाडेपछि मूल्य आकाशिएको व्यापारी आशा साहले बताइन् । बाहिरबाट तरकारी नआउँदा व्यापारसमेत ह्वात्तै घटेको अर्का व्यापारी इन्दु पासवानले बताइन् ।

गुद्रीमा बिक्री हुने ९० प्रतिशत तरकारी भारतबाट आयात हुने गरेको सब्जी मण्डी तथा गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले बताए । उनले तरकारीसहित अत्यावश्यक वस्तुको आयातलाई सहज बनाउन आग्रहसमेत गरे ।

सम्बन्धित समाचार

वर्ष २०२१–२२ को उत्कृष्ट क्लब बन्यो रोटरी क्लब अफ विराटनगर डाउन टाउन, थुप्रै अवार्डबाट सम्मानित

विराटनगर, १४ असार ।निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउन वर्ष २०२१–२२ को उत्कृष्ट क्लब भएको छ । कोरोना माहामारीमा पनि निरन्तर सामाजिक कार्य गरेको क्लब वर्षको उत्कृष्ट क्लबबाट सम्मानित...

विराटनगरका क्लिनिकको ठगीधन्दा : चर्चित चिकित्सकको नाम बेच्दै बिरामी ठग्दैं

विराटनगर । खोटाङको दिक्तेल नगरपालिका–२ घर भएकी ३६ वर्षीया धनकुमारी श्रेष्ठको टाउकोमा समस्या भएपछि उपचारको लागि विराटनगर आइन् । मंगलबार दिउँसो विराटनगर आएकी उनले यसअघि पनि विराटनगरस्थित न्यूरो हस्पिटलको वरिष्ठ न्यूरो सर्जन डा यामबहादुर रोकासँग...

पत्रकार पाठक झिलकुमारी लुईटेल स्मृती पत्रकारिता पुरस्कारबाट सम्मानित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजलाई सही बाटो देखाउन बाललिकालाई गुणस्तर शिक्षा दिनु आवश्यक रहेको बताउनु भएकोछ।नारदमुनि– पवित्रा लुईटेल स्मृति कोष मोरङ ग्रामथान गाउँपालिका–२ द्वारा शुक्रवार झोराहाटमा आयोजित झिलकुमारी लुईटेल स्मृती पत्रकारिता पुरस्कारबाट...

भारतमा ५० लाखभन्दा बढीले जिते कोरोना

एजेन्सी, १२ असोज-भारतमा कम्तीमा पनि ५० लाख कोरोना संक्रमित निको भएका बताइएको छ । भारतीय सरकारले त्यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो । त्यसैगरी...

आइतबारको बिदा आजदेखि लागू

काठमाडौं । आजदेखि सातामा दुईदिन सरकारी बिदा लागू भएको छ । सरकारले शनिबार र आइतबार दुईदिन बिदा दिएसँगै यसै वर्ष १२९ दिन छुट्टी मनाउन पाइने भएको छ । सरकारले राजपत्रमा प्रकाशन गरेको बिदाअनुसार यस वर्ष...

नेपालसँग तत्काल वार्ता गर्न भारत अनिच्छुक

काठमाडौं, २ असार-कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत यस विषयमा तत्काल वार्तामा बस्न अनिच्छुक देखिएको छ। त्यहाँका केही राजनीतिक विश्लेषक र विज्ञहरूले नेपालसँग वार्ता गरी विवाद समाधान गर्न...

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैतडी, ६ कात्तिक-बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय...

हतियारसहित २ जना पक्राउ

जनकपुर, ४ जेठ-धनुषाबाट हतियारसहित २ युवक पक्राउ परेका छन् । उनीहरू जिल्लाको शहिदनगर नगरपालिका-३ झण्डा चौकबाट पक्राउ परको हुन् ।पक्राउ पर्नेमा कमला नगरपालिका ८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्