जर्मनीमा २ जनाभन्दा बढी भेला हुन नपाउने, चान्सलर मर्केल क्वारेन्टाइनमा

 न्यूज विराट
जर्मनीमा २ जनाभन्दा बढी भेला हुन नपाउने, चान्सलर मर्केल क्वारेन्टाइनमा

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै घर र कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । जर्मन चान्सलर एन्जेला मर्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस संक्रमण भएको पाइएपछि उनी पनि क्वारेन्टाइन अर्थात् एकान्तवासमा बसेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।

जर्मनीले कोरोनाभाइरस प्रकोप नियन्त्रणका निम्ति सामाजिक अन्तर्क्रियाहरूमा थप रोक लगाउँदै दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ।

टेलिभिजनमा प्रसारित सम्बोधनमा चान्सलर मर्केलले संक्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताइन् । उनले घोषणा गरेका नियमहरूअनुसार केशशृंगार गृह एवम् ब्युटी तथा मसाज पार्लर पनि बन्द हुनेछन् । अन्य अनावश्यक पसलहरू यसअघि नै बन्द गराइएका थिए ।

चान्सलर मर्केलले सम्बोधन गरेको केही समयपछि उनको कार्यालयले उनी स्वयम् क्वारन्टीनमा बस्ने बताएको छ। शुक्रवार उनलाई न्युमोनियाको खोप दिएका एक चिकित्सकमा कोरानाभाइरस संक्रमण पाइएपछि उनी क्वारन्टीनमा बस्नुपरेको हो ।

उनको नियमित जाँच गरिने र उनले घरबाटै काम गर्ने मर्कलका प्रवक्ताले बताए । उनी ६५ वर्षकी छन् । युरोपको सबभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा हालसम्म कोरोना भाइरसबाट २४ हजार ८ सयभन्दा बढी संक्रमित भइसकेका छन् भने ९४ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ः सत्तापक्षकै सांसदले भने—विकास निर्माणका काम अत्यन्त महंगो भयो, छानविन गरौँ

विराटनगर, २४ साउन । प्रदेश १ सरकारले थालेका विकास निर्माण कार्यको लागत अत्यन्त महंगो भएको सत्ता पक्षकै सांसदले आरोप लगाएका छन् । आइतबार प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको २४ औँ बैठकको शुन्य समयमा बोल्दै नेकपा...

क्रकेट प्रशिक्षकलाई प्रशिक्षण तालिम

विराटनगर । क्रिकेट प्रशिक्षकहरूको लागि आयोजना गरिएको दुई दिने क्रिकेट प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट वीइदआउट बाउनड्रीज बेलायतको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त तालिम विराटनगरमा भएको थियो । दक्ष...

चिनियाँ पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा

 म्याग्दी, ६ वैशाख-कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी घुम्न आएका २ पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ । घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले चीनका...

पारस हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम, गर्भवतीको निःशुल्क उपचार

विराटनगर । विराटनगरस्थित पारस मल्टीस्पिसियालिटी हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरू भएको छ । हस्पिटलले पत्रकार सम्मेलन गरी बिहीबारदेखि लागू हुनेगरी आमा र छोरी बचाउ’ कार्यक्रम सुरु भएको जानकारी गराएको हो । ‘आमा र...

चोटका कारण सानियाले युएस ओपन गुमाउने

एजेन्सी, ८ भदौ । भारतीय स्टार सानिया मिर्जा २९ अगस्टबाट सुरु हुने युएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत कुहिनोको चोटका कारण वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिताबाट आफू बाहिरिएको घोषणा गरेकी...

पाकिस्तानमा बस र ट्रेन जुध्दा २० जना तिर्थयात्रीको मृत्यु

एजेन्सी, असार १९-पाकिस्तानमा एउटा यात्रुबाहक बसलाई शुक्रबार ट्रेनले ठक्कर दिँदा बसमा यात्रारत २० जना सिख तिर्थयात्रीको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएको उद्धारकर्मी एवं प्रहरीले बताएका छन् । यात्रुबाहक...

विराटनगर भन्सारका ४ कर्मचारीमा कोरोना पुष्टि, संक्रमित होम आइसोलेसनमा

विराटनगर, १ भदौ-विराटनगर भन्सारमा कार्यरत ४ कर्मचारीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । ३० कर्मचारीमध्ये ४ जनालाई कोरोना संक्रमण भएको विराटनगर भन्सार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्