महसुल नतिरेपछी रघुपति जुटमिल्स र रिलाइन्स स्पीनिङको विद्युत् लाइन काटियो

 न्यूज विराट
महसुल नतिरेपछी रघुपति जुटमिल्स र रिलाइन्स स्पीनिङको विद्युत् लाइन काटियो

विराटनगर, चैत ७-नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्र र इटहरी वितरण केन्द्र सुनसरीले विद्युत् महशुल नतिरेको भन्दै विराटनगरको रानीस्थित रघुपति जुटमिल्स र सुनसरीको खनारमा रहेको रिलाइन्स स्पीनिङको विद्युत् लाइन काटिदिएको छ । विराटनगर वितरण केन्द्रअन्तर्गतको औद्योगिक ग्राहक रहेको रघुपति जुट मिलले १५ करोड ५५ लाख ६८ हजार रूपैयाँ शुल्क बुझाउन बाँकी छ । त्यसैगरी सुनसरीको खनारमा रहेको रिलाइन्स इस्पिनिङले एक अर्व १५ करोड रूपैयाँ विद्युत् बक्यौता रकम बुझाएको छैन ।

पटक–पटकको ताकेतामा गर्दा पनि बक्यौता नतिरेको कारण लाइन काटिएको विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्र र इटहरी वितरण केन्द्रले जनाएको छ । दुवै केन्द्रले बुधबारबाट विद्युत् लाइन काटिएको सूचना जारी गरेका हुन् । रघुपति जुट मिल र रिलाइन्स स्पीनिङ उद्योगले २०७२ साल साउनदेखि हालसम्म डेडिकेटेड लाइन प्रयोग गरेबापत थप दस्तुरबाहेकको रकम तिर्न बाँकी रहेकोे छ । अदालतको आदेशअनुसार लाइन काटिएको विराटनगर विद्युत् वितरण केन्द्रका केन्द्रप्रमुख राजिव सिंहले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रअन्तर्गतको औद्योगिक ग्राहक रघुपति जुटमिलले तोकिएको समयभित्र छुट बिलबापतको बाँकी बक्यौता रकम नबुझाएकोले लाइन काटिएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र इटहरीले एक सूचना जारी गर्दै बुधबारबाट रिलाइन्स इस्पिनिङ मिलको लाइन काटिदिएको थियो । तर, प्राधिकरणका जीएम हरराज न्यौपानेको ठाडो आदेशमा इटहरी केन्द्र प्रमुख मिथलेशकुमार गैबारले उक्त उद्योगमा भने सोही दिन काटिएको लाइन जोडिदिएको पाइएको छ । उक्त उद्योगले तिर्नपर्ने रकम नतिरी न्यौपानेको आदेशमा लाइन जोडिएको हो ।

विराटनगर वितरण केन्द्र प्रमुख राजीव सिंहलाई समेत जीएम न्यौपानेले तुरुन्त लाइन जोड्न आदेश दिएका थिए । तर, केन्द्र प्रमुख सिंहले प्राधिकरणको बोर्डबाट बक्यौता असुल नगरी कुनै हालतमा लाइन नजोड्ने अडान राखेका छन् । डेडिकेटेड लाइन जडानदेखि नै जीएम न्यौपानेको भूमिका शंकास्पद रहेको थियो । विराटनगर वितरण केन्द्र प्रमुख सिंहले आफ्नो कार्यालय मातहतमा रहेका तर बिल नतिर्ने ठूला उद्योगको लाइन अब धमाधम काटिने जानकारी दिए । गोल्छा समूहद्वारा सञ्चालित रघुपति जुटमिलको सञ्चालक राजकुमार गोल्छा रहेका छन् भने रिलाइन्स इस्पिनिङ मिल्सका सञ्चालक बासुदेव गोल्यान रहेका छन् । (आर्थिक दैनिकबाट)

सम्बन्धित समाचार

गिरीको पेशी अर्को बिहीबार, अदालतअगाडि प्रदर्शन

विराटनगर, माघ २–बलात्कार अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामा राख्न माग गर्दै पीडित पक्षले बिहीबार उच्च अदालत अगाडि मौन प्रदर्शन गरेका छन् । महिला अधिकारकर्मीसहित पीडित पक्षले छातीमा प्लेकार्ड टाँसेर मौन विरोध गरेका छन्...

‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं, ४ पुस । ‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । लामा विजयकुमार...

पत्रकार नविन कर्णलाई पितृ शोक

विराटनगर । पत्रकार नविन कर्णलाई पितृ शोक परेको छ । उनका ७७ वर्षीय पिता दुर्गानन्द लाल कर्णको उपचारको क्रममा शनिबार दिउँसो विराटनगरस्थित न्यूरो हस्पिटलमा निधन भएको हो । कर्णको अन्त्येष्ठी विराटनगरस्थित परोपकार घाटमामा आज दिउँसो...

परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, साउन १९ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ । परिवर्तनको अनुभूती नेता र कर्मचारीमा होइन, जनतामा हुनुपर्छ, मुख्यमन्त्री...

काम गर्न बाधा पुर्‍याएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न सक्ने दाबी गरेका छन् । बेलायतको उदाहरण दिँदै उनले काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न प्रधानमन्त्रीले पाउने बताएका हुन् । ‘बेलायतमा लिखित संविधान...

आज बडादसैंको सातौं दिन, शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

काठमाडौँ,  ७ कात्तिक-आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती...

रौतहटमा दशगजा मिचेर भारतले बनायो सडक

काठमाडौं, ११ जेठ-कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू्रमि दावी गरेको भारतले रौतहटमा समेत नेपाली भूमि अतिक्रण थालेको छ । रौतहटको इशानाथ नगरपालिका–१ बन्जरहाको दशगजा क्षेत्रमा भारतले पानीको बहाव नै अवरुद्ध हुनेगरी सडक खन्ने नाममा बाँध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्