एसईई परीक्षा स्थगित

 न्यूज विराट
एसईई परीक्षा स्थगित

काठमाडौं, चैत ५–सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)को प्रभावलाई मध्यनजर गर्दै सरकारले एसईईको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बुधबार दिउँसो बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले सरकारलाई एसईई रोक्न अनुरोध गर्ने निर्णय गरेको थियो । बिहीबारदेखि एसईई परीक्षा सुरु हुँदै थियो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पूरक बैठक बसेर उक्त निर्णय गरेको नेकपा सचिवालयले जानकारी गराएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि समितिले जारी गरेको १६ बुँदे निर्णयमा एसईई परीक्षा सुरक्षित एवं व्यवस्थित रूपमा सम्पन्न गर्ने गरी प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गर्ने बताएको थियो । बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

विराटनगरमा ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर, १ असोज-विराटनगरमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ ।विराट मेडिकल कलेजको आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका- १० निलसदननजिकै बस्दै आएका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार साँझ ५:१५ बजे मृत्यु भएको हो...

मुक्ति समाजको ३६ औँ स्थापना दिवसमा नेता द्वय नेपाली र पोर्तेल पुरस्कृत

विराटनगर । नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व खेम नेपाली र सोम पोर्तेल पुरस्कृत भएका छन् । मंगलबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व नेपाली र पोर्तेललाई पुरस्कृत गरेको...

खाटु निशान यात्रामा सेन्ट्रल मलद्वारा जुस र पानी बितरण

विराटनगर । खाटु निशान यात्रामा सहभागी श्रदालु तथा भक्तजनहरुलाई विराटनगरमा रहेको सेन्ट्रल मलद्वारा जुस र पानी बितरण गरेको छ । होलि पर्वको अवसर पारेर विराटनगर शनिबार निस्किएको खाटु निशान यात्रामा सहभागी श्रदालु तथा भक्तजनहरुलाई सेन्ट्रल...

पुरुषको बेवारिसे शव फेला

जनकपुरधाम, १७ वैशाख-धनुषामा पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका-७ स्थित देवडीहामा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । देवडिहाको पुरनी पोखरीतर्फको जमिनमा मृत अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई...

एमालेको कोशी अधिवेशन : मतदानको समय ५ बजे तोकियो, ३५ स्थानबाट मत हाल्ने व्यवस्था

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा अपरान्ह ५ बजेदेखि मतदान हुने भएको छ । यसअघि दिउँसो १ बजेदेखि सुरु गर्ने भनिए पनि तयारी नपुगेकाले समय सारिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए ।...

रोटरी क्लब अफ विराटगर डाउनटाउनद्वारा मस्तिष्क पक्षाघात भएका बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर

विराटनगर, ८ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले मस्तिष्क पक्षाघात (सेरेब्रल पाल्सी) भएका बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर आदर्श उच्च मा.वि स्थित रोटरी भवनमा क्लबले...

महिला च्याम्पियनसिपको फाइनल आज, म्यानमारसँग भिड्दै नेपाल

विराटनगर । अन्तर्राष्ट्रिय महिला च्याम्पियन्समा फाइनल खेल आज हुँदैछ। बुधबार साँझ ६ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र म्यानमारबीच फाइलन खेल हुँदैछ। प्रतियोगितामा नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनल पुगेका हुन्। दुवैले लिग...

मन्टेश्वरीका अभिभावकसँग एभरेष्ट स्कुलको कार्यशाला

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले मन्टेश्वरी कक्षाका विद्यार्थीका अभिभावकसँग कार्यशालाको आयोजना गरेको छ ।विद्यालयले शिक्षण सिकाइका लागि अपनाउँदै आएका कृयाकलापका विषयमा अभिभावकलाई जानकारी गराउने उद्देश्यका साथ कार्यशाला आयोजना भएको हो । शुक्रबार नर्सरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्