सशस्त्र प्रहरीको टोली खलंगाबाट लाग्यो कालापानीतर्फ

 न्यूज विराट
सशस्त्र प्रहरीको टोली खलंगाबाट लाग्यो कालापानीतर्फ

सशस्त्र प्रहरीको टोली भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रतर्फ हिँडेको छ । सशस्त्रको टोली दार्चुला सदरमुकाम खलंगाबाट मंगलबार त्यसतर्फ लागेको हो ।

कालापानी क्षेत्रभन्दा झण्डै १२ किलोमिटर दक्षिणी क्षेत्रमा निर्माण हुने बीओपी (बोर्डर आउट पोस्ट) निर्माण क्षेत्रको स्थलगत अध्ययन गर्न टोली त्यसतर्फ लागेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेक्वार्टर दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टको नेतृत्वमा १५ जना सशस्त्र प्रहरीको टोली त्यस क्षेत्रको अध्ययन गर्न गएको हो ।

ब्यास गाउँपालिका– १, गागामा बन्ने बीओपी निर्माण क्षेत्रको स्थलगत अध्ययन र आफ्नो सीमाको नियमन गर्न टोली त्यसतर्फ लागेको गुल्मपति विष्टले जानकारी दिए ।

टोली १० चैतमा मात्रै खलंगा फर्किनेछ । अहिले बीओपी बन्ने क्षेत्र (ब्यास गाउँपालिका– १, गागा) मा हिउँ जमेकाले त्यस क्षेत्रको वास्तविकता बुझी आवश्यक काम अगाडि बढाउन सजिलो हुने गुल्मपति विष्टले बताए । २५ फागुनदेखि नेपाली सेनाको टोली पनि उत्तरी क्षेत्रको निगरानीका लागि ब्यास गाउँपालिकामा पुगेको छ ।

सम्बन्धित समाचार

नुहाउन गएका बेला भालुको आक्रमण

जुम्ला, २८ साउन । जुम्लाको चन्दननाथ नगरपालिका-५ कार्कीवाडामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । हिजाे बिहान करिब ४ बजेतिर भालुले आक्रमणबाट दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका मोबाइल पसल गर्दै आएका हेमराज रोकाया र उनकी...

डा. बाबुराम भट्टराईविरुद्धको जाहेरी पनि लिएन नेपाल प्रहरीले

काठमाडौं, १५ वैशाख-नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईविरुद्धको साइबर अपराधसम्बन्धी जाहेरी दर्ता गर्न अस्वीकार गरिदिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संस्थाका युवा विद्यार्थी नेताहरूलाई डा....

कोशी अस्पतालमा बेथीति प्रकरण, आफु निकटको चिकित्सक नियुक्त गर्न खोलिएको विज्ञापन स्थगित

विराटनगर । चौतर्फी विरोध भएपछि विराटनगरस्थित कोशी अस्पतालमा आफु निकटको चिकित्सक नियुक्त गर्न आव्हान गरिएको विज्ञापन स्थगित गरिएको छ । अस्पताल प्रशासनले बुधबार सूचना जारी गरि फागुन ११ गतेको लागि लिने भनिएको अन्तर्वार्ता अर्को सूचना...

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर, ३० माघ । संखुवासभाको खाँदवारी–किमांथान्का सडक खण्डमा आज विहान ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट मकालु–३ हेदाङनाका मोटरसाइकल चालक ४२ वर्षीय खड्गबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको...

सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

काठमाडौं, ३० भदौ । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज छ...

विराटनगरमा साहित्य संगोष्ठिः नेपाली साहित्यलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनुपर्नेमा जोड

विराटनगर, ११ वैशाख । विश्व साहित्यमा नेपाली सहभागिताको अनुभव संगोष्ठी आज विराटनगरमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज प्रदेश–१ ले एलिट क्लबको सभाहलमा आयोजना गरेको कार्यक्रममा अनुभव संगोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा...

इजरायल, यूएई र बहराइनबीच ‘ऐतिहासिक’ सम्झौता

एजेन्सी, ३१ भदौ-संयुक्त अरब इमिरेड्स (युएई) र बहराइनले ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नयाँ मध्यपूर्वको मिरमिरे बिहानी’ भनेका छन् । इजरायलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी...

विराटनगरमा ३३ सय बढी मतान्तरसहित अघि बढ्दै नागेश, उपमेयरमा कार्कीको फराकिलो अग्रता कायमै

विराटनगर, ४ वैशाख । विराटनगर महानरपालिकामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले लगातार मतान्तर बढाउँदै लगेका छन् । सुरुदेखिनै अग्रता बनाएका उनले ४४ हजार ५ सय ६८ मत गनिसक्दा पनि फराकिलो मत अन्तरसहित अग्रता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्