३ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई जनकपुरधाम एयरपोर्टबाट प्रहरीले पक्राउ गरेको छ । श्री एयरलाइन्सबाट काठमाडौं जान लागेको यात्रुलाई चेक जाँच गर्ने क्रममा भारतको मुजफ्फपुर थाना काँटी ग्राम पञ्चायत काँटी वडा नं. ९ बस्ने २० वर्षीय शिवम कुमारलाई पक्राउ गरेको छ ।
चेक जाँचका क्रममा शिवमले बोकेको कालो झोला र शरीरमा राखेको अवस्थामा २ हजार दरका १५० थान भारतीय नोट प्रहरीले बरामद गरेको छ ।
अवैध तरिकाले विनास्रोतको ३ लाख भारतीय रुपैयाँको कारोबार गरेको भन्दै प्रहरीले शिवमलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोककुमार झाले जानकारी दिए ।