होम क्वारेन्टाइनमा बस्दा के–के गर्नुपर्छ ?

 न्यूज विराट
होम क्वारेन्टाइनमा बस्दा के–के गर्नुपर्छ ?

काठमाण्डा, चैत ४–सरकारले विदेशबाट फर्किएका सबै नेपालीलाई १४ दिनसम्म घरमा छुट्टै बस्न अनिवार्य गरेको छ । कोरोनाको लक्षण १४ दिनभित्र देखिने र संक्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने जोखिम हुने भएकाले विदेशबाट फर्किएकालाई १४ दिन आफ्नै घर वा होटलमा छुट्टै बस्न अनिवार्य गरिएको हो ।

विदेशबाट फर्कनेलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जाँच गरिन्छ । त्यहाँ ज्वरो देखियो भने सिधै अस्पताल पुर्याइन्छ। ज्वरो नदेखिएकालाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझाव दिइन्छ । होम क्वारेन्टाइनको लागि विमानस्थलमै एउटा फारम भनुपर्छ । त्यसैको आधारमा सरकारी निकायले उनीहरुको अनुगमन गर्ने व्यवस्था गरिएको छ ।

होम क्वारेन्टाइनमा यसरी बस्ने
१. हावा ओहोरदोहोर हुने कोठामा एक्लै बस्ने । अर्को व्यक्तिसँग बस्नुपरेमा कम्तिमा १ मिटर दूरी कायम गर्ने ।

२. छुट्टै बाथरूम र शौचालयको प्रयोग गर्ने । यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफैं सफा गर्ने ।

३. आफू बस्ने कोठा आफैं सफा गर्ने ।

४. घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा आवातजावत कम गर्ने ।

५. स्वास्थ्य संस्था जान बाहेक अरु कामको लागि घर बाहिर ननिस्कने ।

६. नियमित रूपमा आफ्नो हात साबुनपानीले मिचीमिची २० सेकेन्डसम्म धुने, हात नधोइकन आँखा, नाक र मुख नछुने ।

७. आफूले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाँडा, तौलिया, रुमाल, ओछ्यान वा अरु सामान साझा प्रयोग नगर्ने ।

८. अन्य व्यक्तिहरूसँगको प्रत्यक्ष सम्पर्क सकेसम्म कम गर्ने ।

९. अरु व्यक्तिहरूसँगको सम्पर्कमा आउनु पर्दा कम्तिमा १ मिटरको दूरी राख्ने र अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउने ।

१०. खोक्दा वा हाच्छ्यूँ गर्दा टिस्यु पेपर, रुमाल वा कुहिनाले नाकमुख छोप्ने ।

११.आफूले प्रयोग गरिएको टिस्यु पेपर, रूमाल, मास्क लगायतलाई छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने । फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्म हात साबुनपानीले मिचीमिची धुने ।

१२ .स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्ने र आवश्यक सहयोगको लागि सधैं तयार रहने ।

१३. क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्ने र दिईएको फारममा रेकर्ड राख्ने । निर्देशनअनुसार १४ दिनसम्म दैनिक स्वास्थ्य स्थितिबारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिने ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएमा वा क्वारेन्टाइनमा बस्दा अरु केही समस्या भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशनहरूअनुरूप गर्ने ।

१५. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पूर्व अनुमति बिना क्वारेन्टाइन स्थानभन्दा बाहिर नजाने ।

सम्बन्धित समाचार

बेलायतमा कोभिड-१९ बाट ६३ जना नेपालीले ज्यान गुमाए

एजेन्सी, जेठ ३-कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन् । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् ।...

मिस कोशिका प्रतियोगीले देखाए प्रतिभा

विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा पुगेका  २६ जना प्रतियोगीहरूले आ–आफ्नो प्रतिभा देखाएका छन् । सुनसरीको इटहरीमा गरिएको मिस ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगीहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् । उनीहरूले गीत,...

लकडाउनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं, ११ वैशाख-लकडाउन सुरु भएपछिको २९ दिनमा भारतबाट ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत ११ चैतदेखि १० वैशाखसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको...

मोरङमा टिपरको आतंक, नेता चोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा टिफरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा. प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको आज घटनास्थलमै मृत्यु...

विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिना विजयी

एजेन्सी, ३ मंसिर-सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजील र अर्जेन्टिना विजयी भएका छन् । बुधबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २–० गोल अन्तरले पराजित गरेको हो। उरुग्वेको मैदानमा ब्राजिललाई जीत...

पछिल्लो २४ घण्टामा संक्रमितभन्दा डिस्चार्ज हुने बढी

काठमाडौं, २४ साउन-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितभन्दा उपचार पछि निको भएर डिस्चार्ज हुने धेरै‌ देखिएका छन् । शनिबार देशभर ३ सय ७८ जना कोरोना भाइरस संक्रमित थपिँदा ४ सय ९९ जना संक्रमित...

थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना डिस्चार्ज

शनिबार थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ । आज ६ हजार ७४...

विराट एक्पो : कृषिका फरक उत्पादनहरूमा उपभोक्ताको चासो

विराटनगर, फागुन ६–विराटनगरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका फरक  उपभोक्ताले चासो देखाएका छन् । एक्स्पोमा राखिएका एबोकाडो, खरायो, अर्गानिक तरकारी, चियालगायतका कृषि उपजमा उपभोक्ताको आकर्षण देखिएको छ । खरायो हेर्न र पाल्नका लागि जानकामरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्