काठमाडौं, चैत २–सार्क मुलुकका सरकार प्रमुख अहिले भिडियो कन्फ्रेन्सिङमार्फत छलफल गरिरहेका छन् । विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोपबाट कसरी बच्ने भन्ने विषयमा केन्द्रित छलफलमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान भने अनुपस्थित छन् ।
छलफलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मो. सोलिह, अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, श्रीलंकाका राष्ट्रपति गोतबाया राजपक्षे, भुटानका प्रधानमन्त्री लोतेया त्शेरिङ सहभागी छन् । पाकिस्तानका तर्फबाट भने स्वास्थ्य राज्यमन्त्री जाफर मिर्जाले भिडियो कन्फ्रेन्सिङलाई सम्बोधन गरेका छन् । मोदीले भिडियो कन्फ्रेन्सिङमा सहजीकरण गरे ।