कोरोना संक्रमणको आशंकामा काँकरभिट्टा नाकाबाट २ युक्रेनी नागरीक फिर्ता पठाइयो

 न्यूज विराट
कोरोना संक्रमणको आशंकामा काँकरभिट्टा नाकाबाट २ युक्रेनी नागरीक फिर्ता पठाइयो

झापा, फागुन २९–कोरोना भाइरसको आशंकामा दुई युक्रेनी नागरीकलाई पूर्वी नाका काँकरभिट्टाको अध्यागमन कार्यालयले फिर्ता गरिदिएको छ । भारतका विभिन्न शहर भ्रमण गरी काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने युक्रेनी दम्पतीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशमा रोक लगाएको हो ।

भारतको सिक्किम, दार्जिलीङ लगायतका शहर भ्रमण गरी नेपाल प्रवेश गर्न प्रक्रिया पूरा गर्ने क्रममा युक्रेनी नागरीक ४३ वर्षिया ओलेना क्लिन्चो र उनका श्रीमान ३४ वर्षिय एनड्रीन लार्जेगिनको स्वास्थ्य परिक्षणका क्रममा उच्च ज्वरो देखिएपछी फिर्ता गरिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए ।

काँकडभिट्टास्थित कोरोना हेल्थ डेक्समा स्वास्थ्य परिक्षणका क्रममा उनिहरु दुवैलाई उच्च ज्वरो देखिएपछि आइसोलेसन वार्ड नभएकाले उनीहरुलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागिएको थियो । तर, उनीहरुले आइसोलेसनमा बस्न नमानेपछि सहमतिमा नै भारत फर्काइएको प्रमुख जिल्ला अधिकारी रानामगरले बताए ।

सम्बन्धित समाचार

कोशीको चुरे फेदीतिर नाच्दै, गाउँदै माओवादी

विराटनगर । कोशी प्रदेश माओवादी केन्द्रले चुरे तराई लक्षित जनसाङ्गितिक ९ दिने अभियान सुरु गरेको छ । माओवादीको केही दिन अगाडि बसेको प्रदेशको सचिवालय बैठकले अभियान चलाउने निर्णय गरेको थियो ।सोही निर्णय अनुसार बुधबार उदयपुरको...

खुकुलो पार्दै मोरङमा एक साता निषेधाज्ञा लम्बियो

विराटनगर, १० भदौ–जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरलगायत मोरङ जिल्लाभरी केही खुकुलो प्राबधानसहित निषेधाज्ञा एक साता थप गरेको छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाएर...

आज गाई, गोरु, हली तिहार मनाइँदै

काठमाडौं, ३० कात्तिक-यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा...

काडेतार लगाएर भए पनि सीमानाका जोगाऔँः माधव नेपाल

काठमाडौं, २९ वैशाख-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको सीमा विवाद गर्न दीर्घकालीन समाधान खोज्न माग गरेका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले सीमामा सधैँ समस्या देखिएको सवालमा काडेतार...

१ साताअघि भारतबाट आएका थिए आज कोरोना पुष्टि भएका कपिलवस्तुका ३ किशाेर

बुटवल, २७ वैशाख-आज कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका तिनै जना यसअघि संक्रमित भएकाहरूसँगै १ साताअघि भारतबाट आएको खुलेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले यसअघि कोरोना संक्रमण देखिएका मायादेवी गाउँपालिकाका युवासँगै उनीहरू...

प्रादेशिक स्टार्टअप नीति तर्जुमाका लागि सम्वाद

विराटनगर । कोशी प्रदेशको स्टार्टअप नीति तर्जुमाका विराटनगरमा सरोकारवालाहरु बीचको सम्वाद कार्यक्रम भएको छ ।नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश र उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा विराटनगरमा बिहीबार सम्वाद कार्यक्रम भएको हो । प्रादेशिक...

हात्ती सफारी र डुङ्गा सयरको आनन्द उठाउँदै पर्यटक

ईनरुवा, माघ २६–नेपाल भ्रमण वर्ष सन् २०२० मा लिइएको लक्ष्य पूरा गर्न सुनसरीको कोशी गाउँपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको छेउमा आयोजना गरिएको कोशी पर्यटन महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकले हात्ती सफारी र डुङ्गा सयर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्