पूर्वमन्त्री पण्डित दर्जनौँ कार्यक्रम भ्याएर पुनः काठमाडौं फर्किए

 न्यूज विराट
पूर्वमन्त्री पण्डित दर्जनौँ कार्यक्रम भ्याएर पुनः काठमाडौं फर्किए

विराटनगर, फागुन २७–पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित विभिन्न कार्यक्रम भ्याएर पुनः काठमाडौं फर्किएका छन् । गृह जिल्ला आएर आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रम भ्याएर उनी पूनः काठमाडौं फर्किएका हुन् । निर्वाचनमा जनतामाझ गरेको बाचा पुरा गर्न निकै सकृय मोरङ क्षेत्र नं. ६ का संघिय सांसद रहेका पण्डित सवैभन्दा बढी गृह जिल्ला र निर्वाचन क्षेत्र धाउने गरेका छन् ।

पण्डितले आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालीत पूर्वाधार निर्माणका योजना, विकास निर्माणका विषयमा जनता माझ छलफल, अनुगमनलगायतका कार्यक्रम भ्याएर काठमाडौं फर्किएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का १ नं. प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।

सांसद पण्डितले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत शुन्दर हरैँचा नगरपालिका–५ स्थित बुद्धशान्ति आधारभुत विद्यालयको शिलान्यास र सोही वडाको हरियाली सामुदायीक भवन सम्बन्धी डिपिआरका विषयमा स्थानीय जनतासँग छलफल गरेका छन् ।

त्यस्तै पण्डितले सोही नगरपालिकाको वडा नं. ६ स्थित ॐ सांगे रेसुम गुम्बाको निर्माणाधिन कामको अगुगमन, निरिक्षण, थप १ करोड ५० लाखको डिपिआरका विषयमा छलफल गरेको जनाइएको छ । त्यसैगरि उनले सोही वडाको गुरुङ गुफा घरको जग्गाको समस्या समाधानका विषयमा समेत अन्तरकृया गरेका छन् । शुन्दर हरैँचाकै ६ नं. वडा स्थित १ कारोडको लागतमा निर्माणाधिन जागृती मार्गको अगुगमन र सोही मार्गका लागि थप २ करोड रुपैयाँ विनियोजना भएको विषयमा स्थानीयसँग छलफल गरेको नेकपा प्रदेश कमिटी सदस्य चौधरीले बताए ।

त्यसैगरि पण्डितले शुन्दरहरैँचा–५ स्थित नेपाल सरकारको तराई मधेश समृद्धि कार्यक्रम मार्फत निर्माणाधिन सत्कवीर सामुदायीक भवनको निरिक्षण तथा कामको प्रगतिकाबारेमा छलफल गरेका छन् । उनले दुवहीमा सम्पन्न दोस्रो मनमोहन अन्तराष्ट्रिय आउट डोर डोरी तान प्रतियोगितामा प्रमुख अतिथिका रुपमा सहभागि भई विजेतालाई नगद पुरस्कार, ट्रफि, मेडल तथा प्रमाणपत्र वितरण गरेका छन् ।

प्रतियोगितामा विजेता बनेको भारत विहारको टिमले नगद १ लाख र उपविजेता बनेको प्रदेश १ ले नगद ५० हजार, ट्रफि, मेडल र प्रममाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा आयोजक नेपाल, श्रीलंका र भारतसहित १० टिमको सहभागिता रहेको चौधरीले जानकारी दिए । उनले पण्डितले बुढीगंगा–४ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष मार्फत निर्माणमा रहेका विभिन्न योजनाको अनुगमन, दुहवी–४ स्थित सामुदायीक भवन तथा स्पोर्टस् एकाडेमी निर्माणाधिन भवनको अवलोकन तथा निरिक्षण समेत गरेको बताए ।

मृतकका परिवारजनलाई भेटेर समवेदना व्यक्त
सँधै जनताको पिरमर्का र दुखमा समेत साथ दिँदै आएका पूर्वमन्त्री पण्डितले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कारणले मृत्यु भएका व्यक्तिका परिवारजनलाई भेटेर समवेदना प्रकटसमेत गरेका छन् । उनले शुन्दरहरैँचा–५ स्थित पार्टी सदस्य चक्रबहादुर श्रेष्ठकी आमा ८१ वर्षिया लिलाकुमारी श्रेष्ठको निधनप्रति परिवारजनलाई भटेर समवेदना प्रकट गरे । त्यस्तै पार्टी सदस्य सरिता चौधरीकी सासु ९१ वर्षिय कसरीदेवी चौधरीको निधन, करेन्ट लागेर मृत्यु भएका स्थानीय ३० वर्षिय राजु गहतराज, स्थानीय शिक्षक टेकनाथ दुलालकी १७ वर्षिया छोरी कुशुमा दुलालको निधन, बुढीगंगा–५ स्थित पार्टी सदस्य विमल रायको निधनमा शोक व्यक्त गर्दै मृतकका परिवारजनलाई भेटेर समवेदनासमेत व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

धनकुटामा थप ५ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ ६-धनकुटामामा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो । सोमबार धनकुटा अस्पतालमा...

विराटनगरमा खुल्यो ‘जियोन युनिसेक्स’ सैलुन, साउन महिनाभरी ३० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगर – ९ मकालु टिभी अगाडी जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकाडेमी संचालनमा आएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी उक्त युनिसेक्स संचालनमा आएको हो । युनिसेक्सको उद्घाटन कोशी...

काठमाडौं महानगरले रेडियोबाट पढाउन थाल्यो 

काठमाडौं, २८ जेठ-काठमाडौं महानगरपालिकाले वैकल्पिक विधिबाट विद्यार्थीलाई पढाउन सुरु गरेको छ । बुधबार बिहानबाट रेडियोबाट पढाउन सुरु गरिएको महानगरका शिक्षा विभागका अधिकृत तारापति खरेलले जानकारी दिए । बिहान ९ बजेबाट कक्षा १ देखि १० सम्मका...

थुनामा पठाउनुअघि अभियुक्तको कोरोना परीक्षण गर्न अदालतको आदेश

चितवन, ५ वैशाख-कर्तव्य ज्यान मुद्दा अभियोगमा थुनामा पठाउनुपर्ने कैदीलाई कोरोना भाइरस परीक्षण गरेर मात्र कैदमा पठाउन अदालतले आदेश दिएको छ ।चितवन जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा तत्काल प्राप्त प्रमाणबाट दोषी देखिएको भन्दै १ जना अभियुक्तलाई...

लकडाउन भएमा राजस्व पूरा गर्न कठिन:अर्थमन्त्री

काठमाडौं, १५ कात्तिक-अर्थमन्त्री विष्णु पौडेलले कोरोना महामारीको कारण पुन: लकडाउन लगाइएमा राजस्वको लक्ष्य पूरा गर्न कठिन रहेको बताएका छन् । गत आर्थिक वर्षमा ७ खर्ब ९३ अर्ब मात्रै राजस्व उठेकोमा चालू वर्ष विभाज्य कोषसहित १०...

डा.महेन्द्र विष्टले दिए नेपाल टेलिभिजनको अध्यक्षबाट राजीनामा

काठमाडौं, २१ साउन । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । आफूलाई नियुक्त गर्ने केपी अ‍ोली नेतृत्वको सरकार अदालतका परमादेशबाट हटेपछि विष्टले राजीनामा दिएका हुन् । विष्टले सञ्चार मन्त्रालयमा राजीनामा...

बैंकहरूमा राष्ट्र बैंकको हस्तक्षेप, अन्तरबैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने

काठमाडौं, २ साउन-लकडाउनपछि अन्तर-बैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले निरन्तरता दिएको छ । यसअघि बैंकर्स संघ र विकास बैंक तथा वित्तीय संस्थाहरूका प्रतिनिधिहरू बसेर यस्तो शुल्क लगाउने/नलगाउने जिम्मा बैंककै भएको निर्णय गरेको...

बाँकेका पहिलो कोरोना संक्रमितको दोस्रो परीक्षण पनि पोजिटिभ

बाँके, ३० वैशाख-बाँकेको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजिटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजिटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा....

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्