अस्पताल भर्ना हुनुअघि ओलीले भने, ‘म नभए पनि सरकार निर्णय गर्न रोकिँदैन’

 न्यूज विराट
अस्पताल भर्ना हुनुअघि ओलीले भने, ‘म नभए पनि सरकार निर्णय गर्न रोकिँदैन’

काठमाडौं, फागुन १९–प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालमा रहे पनि सरकार अनिर्णयको बन्दी नहुने बताएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुअघि एक भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले आफ्नो अनुपस्थितिमा पनि निर्णय गर्न सक्ने संयन्त्र र व्यवस्था मिलाएको बताएका हुन् ।

‘म अस्पताल बसेका बेला सरकारका तर्फबाट गर्नुपर्ने सबै काम नियमित रूपमा अघि बढ्ने छन’, उनले भनेका छन्, ‘विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस् वा भैपरी आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नु परेको समयमा आवश्यक निर्णय लिन सक्नेसम्मको संयन्त्र र अन्य व्यवस्था मिलाएको छु । मेरो अस्पताल बसाइको समयमा पार्टी र संसद दुवैतिर आवश्यक कार्यसम्पादन गर्न जिम्मेवार नेता, कार्यकर्ता, सांसदहरू र लाखौँ पार्टी सदस्यहरू निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु ।’

सम्बन्धित समाचार

चुनावको पक्षमा उभियो कांग्रेस

काठमाडौं, माघ ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चुनावकै पक्षमा दृढतापुर्वक उभिएको छ । निर्वाचन आयोगसँगको छलफलमा औपचारिक रुपमा चुनावको पक्षमा उभिएको हो । कांग्रेसको यो निर्णयसँगै चुनावबिरुद्ध कांग्रेससँग सहकार्य गर्ने पुष्पकमल दाहाल, प्रचण्ड...

बझाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

बझाङ, २३ जेठ-बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लाभित्र संक्रमितको संख्या ७ पुगेको छ । त्यस्तै, बझाङका १ जनाको सुर्खेतमा उपचार भइरहेको छ । शुक्रबार कोरोना पुष्टि हुनेमा...

क्वारेन्टाइनमा रहेका ६७ भारतीयको आरडीटी नेगेटिभ

बाँके, १५ वैशाख-बाँकेको हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना र्‍यापिड डाइग्नोस्किट टेस्ट (आरडीटी) रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६ सय ६३ जनाको स्वाब परीक्षण गरिएकाेमा...

विराटनगरमा तेस्रो नेवा : महोत्सव माघ ६ र ७ गते हुने, २० वटा स्टलमा खानाको परिकार रहने

विराटनगर । विराटनगरमा तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट हुने भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव हुने भएको हो । विराटनगरमा...

रुकुम पश्चिमका १ जनामा पनि देखियो कोरोना संक्रमण

सुर्खेत, ६ असार-कर्णाली प्रदेशको १० जिल्लामध्ये कोरोना संक्रमण नदेखिएको रुकुम पश्चिममा १ जनामा कोरोना संक्रमण देखा परेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा १ जनामा कोरोना देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान...

बुहारीको योजनामा ससुराको हत्या, चार जना पक्राउ

विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा एक वृद्ध पुरुषको हत्यामा उनकै बुहारीको संलग्नता रहेको प्रहरीले खुलासा गरेको छ। ७२ वर्षीय मीनबहादुर कुमालको गत शनिबार राति आफ्नै घरको बरन्डामा सुतिरहेका बेला घाँटी थिचेर हत्या गरिएको थियो।...

काठमाडौं उपत्यकामा आज ३४८ कोरोना संक्रमण

आइतबार काठमाडौं उपत्यकामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ५८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो । आज देशभर...

सुनसरीको देवानगन्जमा गोली चलाउनेको पहिचान खुल्योे, तीन जना घाइते

विराटनगर । सुनसरीको देवानगन्जमा तीन राउन्ड गोली चलेको छ । गोली लागेर तीन जना घाइते भएका छन् ।घाइते हुनेहरुमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, रविन कुमार यादव र पिन्टु यादव रहेको कोशी प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्