दुर्घटनामा घाइते मैनालीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

 न्यूज विराट
दुर्घटनामा घाइते मैनालीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

जनकपुर, फागुन १५–पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माले) का महासचिव सीपी मैनालीसहित घाइते सबैलाई काठमाडौं लगिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई काठमाडौंको ग्रान्डी हस्पिटल लगिएको प्रहरीले जनाएको छ । मैनालीसहित घाइते उनका परिवारिका सदस्य र चालकलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । मैनालीको अवस्था गम्भीर रहेका कारण यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट उनीसहित सबैलाई काठमाडौ लगिएको हो ।

घाइते सबैलाई लिन नेपाली सेनाको हेलिकप्टर बर्दिबासस्थित मध्यपूर्वी प्रितना नेपाली सेनाको क्याम्पमा अवतरण गरेको थियो । अस्पतालबाट त्यहाँसम्म घाइतेहरूलाई एम्बुलेन्समा लगिएको थियो । महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा मैनाली गम्भीर घाइते भएका थिए ।

बिहीबार दिउँसो झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कारलाई पृथ्वी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा विपरीत दिशाबाट आउँदै गरेको ना४च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन् । बुहारी पूजाका दुवै खुट्टा मर्किएकोे बताइएको छ ।

सम्बन्धित समाचार

शैक्षिक गुणस्तर सुधारका लागि समुदाय परिचालन आवस्यक : मन्त्री घिमिरे

विराटनगर, असार असार १५–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयलाई श्रोत सम्पन्न बनाउनका लागि समुदाय परिचालन आवस्यक भएको बताएका छन् । समुदायलाई परिचालन गर्न सके विद्यालयका लागि आवस्यक सामाग्री जुटाउन सहज हुने...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३७ संक्रमित थपिए

विराटनगर, ५ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट तीन, न्युरो अस्पतालबाट दुई र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक जना...

एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले दिए राजिनामा

विराटनगर । नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् । पार्टीको जिल्ला समिति अध्यक्ष समक्ष राजीनामा लेख्दै खतिवडाले टिकट वितरणमा गैर राजनीतिक कार्य भएको भन्दै जिल्ला सचिवको पदबाट...

कस्तो बन्छ कोशीको पाँच सय शैय्याको मेडिकल भवन ?

विराटनगर । आठ तलाको बन्न लागेको विराटनगरस्थित कोशी अस्पतला भित्रको मेडिकल भवन पाँच सय शैय्याको हो ।उक्त भवनको शिलन्यास बिहीबार सहरी विकास मन्त्री मेटमणी चौधरी र स्वास्थ्य तथा जनजसंख्या मन्त्री भवानी प्रसाद खापुङ्गले संयुक्त रूपमा...

५ वटा जिल्ला कोरोना फ्रि, ६ वटामा ५ सयभन्दा बढी संक्रमित

काठमाडौं, २५ असार-नेपालका ५ वटा जिल्ला करोना फ्रि भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला कोरोना फ्रि जिल्ला भएको बताए । यी जिल्लामा कोरोना...

मेरो जीत सम्पूर्ण व्यवसायीको जीत हो : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका चन्द्र ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेकोले आफ्नो जीत व्यवसायीको जीत भएको प्रतिक्रिया दिएका छन् । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल...

घरको पर्खालले किचेर एक जनाको मृत्यु

विराटनगर, २२ साउन । झापाको झापा गाउपालिका २ झापा बजारका ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ । हिजो बिहान ९ बजे सोही स्थानका बिकाशअग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलि किचेर...

एसइइ रनिङ्ग शिल्ड प्रतियोगितामा पाँच स्कुल विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा पाँच वटा स्कुल विजय भएका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा मंगगलबार भएको खेलमा राधाकृष्ण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्