ब्लड क्यान्सर पीडित पत्रकार पौडेललाई स्पार्कको सहयोग

 न्यूज विराट
ब्लड क्यान्सर पीडित पत्रकार पौडेललाई स्पार्कको सहयोग

विराटनगर, फागुन १२–ब्लड क्यान्सरबाट पीडित भएका विराटनगरस्थित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेलको उपचारमा सहयोग गर्ने उद्देश्यले स्पार्क हेल्थ होम हस्पिटल काठमाडौंले १ लाख सहयोग गरेको छ । स्पार्क हेल्थ होम हस्पिटलले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा क्यान्सरका बिरामी पत्रकार पौडेललाई उपचारमा खर्चका लागि १ लाख प्रदान गरेको हो ।

हस्पिटलले पत्रकार पौडेलका छोरालाई सहयोग रकम हस्तान्तरण गरेको छ । सहयोगको चेक हस्तान्तरण गर्दै अस्पतालका मेडिकल डाईरेक्टर डा.सुनिल पौडेलले पत्रकार पौडेलले आफूहरुलाई गरेको सहयोग कहिल्यै नबिर्सिने बताए ।

टाइफाइड र ज्वरोको समस्या देखिएपछि उपचार सुरु गरेका पौडेललाई उपचारकै क्रममा ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । हाल उनको काठमाडौंको सिभिल अस्पतालमा उपचार भईरहेको छ । काठमाडौमा विभिन्न संचार माध्यममा लामो समय पत्रकारिता गरेका पौडेल हाल विराटनगरस्थित मकालु टेलिभिजनको समाचार प्रमुख हुन् ।

ब्लड क्यान्सरको उपचारका लागि पौडेलको उपचारमा ३० लाख रुपैयाँभन्दा बढी खर्च हुने अस्पतालले जनाएपछि मकालु टेलिभिजन, प्रदेश १ पत्रकार महासंघसहित, पत्रकार महासंघ मोरङ शाखा तथा उनका शुभेच्छुकहरुले स्वतस्फुर्तरुपमा सहयोग संकलन अभियान सुरु गरेका छन् ।

सम्बन्धित समाचार

विराटनगर ट्रक व्यवसायी संघको पदस्थापन, अध्यक्षमा लोकनाथ पोखरेल

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघको अध्यक्षमा लोकनाथ पोखरेल निर्विरोध निर्वाचित भएका छन् । संघको ३१ औं वार्षिक साधरण सभा तथा १६ औं अधिवेशनबाट पोखरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा संजीव सिग्देल,...

विराटनगरको लर्डबुद्ध र कोशी मोडल स्कुल मर्जर

विराटनगर । विराटनगर स्थित लर्ड बुद्ध सेकेण्डरी स्कुल र कोशी मोडल स्कुल मर्जर भएको छ । एक कार्यक्रम आयोजना गरी लर्डबुद्ध र कोशी मोडल स्कुल सोमबार मर्जर भएको हो ।मर्जर पत्रमा लर्डबुद्ध स्कुलको तर्फबाट प्रबन्ध...

नेवारी भाषा, संस्कृति संरक्षणमा जोड

विराटनगर । नेवारी भाषाको धर्म संस्कृतिक संरक्षणमा जोड दिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । झी पुच : (नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागिहरुले भाषा, धर्म र संस्कृति सभ्यतासँग जोडिएकाले...

नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमितको नतिजा पुनः पोजेटिभ

टेकु अस्पतालमा उपचार गराइरहेका दुइजनाको पुन कोरोना भाइरस संक्रमणका रिपोर्ट पोजेटिभ देखिएको छ ।दोस्रो पटकको परीक्षणमा पनि पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी...

अंग्रेजी भाषा मात्र सवैथोक होइनः मन्त्री घिमिरे

विराटनगर, ३ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गरे । सामाजिक विकास मन्त्रालयद्धारा सोमबार...

मेशिन थपेर कोरोनाको नमूना परीक्षणको क्षमता दोब्बर बनाइँदै

प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा...

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

चितवन, २४ जेठ-नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ-मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो ।...

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सबैभन्दा कम

नयाँ दिल्ली, २३ असोज-भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः कमी आएको छ । अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्