
धरानमा वृद्धा महिलाको सुन लुटेर हत्या
विराटनगर । सुन र नगद लुटेर सुनसरीको धरान उपमहानगरपालिका – २० स्थित टोकेमा एक वृद्ध महिलाको हत्या गरिएको छ । लुटेराको समूहले स्थानीय ६५ वर्षीय पूर्णिामाया राईको सुन र नगद लुटेर हत्या गरिएको अवस्थामा आज...
काठमाडौं, फागुन ३–चीनको हुपेई प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार ५२६ पुगेको छ । शनिबारसम्म चीनमा उक्त भाइरसबाट मर्नेको संख्या १ हजार ५२६ पुगेको हो । यो भाइरसका कारण संक्रमित हुनेको संख्या ६७ हजार नाघेको छ । कोरोना भाइरसका कारण शुक्रबार मात्रै चीनमा १३९ जनाको ज्यान गएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार भाइरसको उद्गमस्थल हुबेईमा मात्रै शुक्रबार ११६ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसका कारण फिलिपिन्स, हङकङ र जापानमा एक–एक जनाको मृत्यु भएको छ । चीनमा मृत्यु हुने एक हजार ५२३ मध्ये एक हजार एक सय २३ हुबेईकै मात्रै भएको जनाइएको छ । शुक्रबार चीनमा थप दुई हजार ६४१ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६७ हजार एक सय पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । जसमध्ये ६६ हजार ४९२ संक्रमित चीनकै छन् ।
हुपेई प्रान्तको वुहानबाट गत वर्षको अन्त्यतिरबाट संक्रमण शुरु भएको यो भाइरसबाट हुने संक्रमणलाई हालैमात्र वैज्ञानिकले ‘कोभिड–१९’ नाम दिएका छन् । प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको संख्यामा पनि वृद्धि भइरहेको छ । पछिल्ला केही दिनमा नयाँ संक्रमण भएका मानिसको संख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ ।
विराटनगर । सुन र नगद लुटेर सुनसरीको धरान उपमहानगरपालिका – २० स्थित टोकेमा एक वृद्ध महिलाको हत्या गरिएको छ । लुटेराको समूहले स्थानीय ६५ वर्षीय पूर्णिामाया राईको सुन र नगद लुटेर हत्या गरिएको अवस्थामा आज...
काठमाडौं, १७ असोज-गत २४ घण्टामा नेपालमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ सय ९ सय ७८ को पीसीआर गर्दा आज २ हजार १ सय २० जनामा कोरोना पुष्टि...
विराटनगर, वैशाख २४–भारतको नयाँदिल्लीका ३० वर्षीय अनुस जैदी २० दिनको उपचारपछि अस्पतालबाट आज विहान डिस्चार्ज भए । कोरोना संक्रमण पुष्टी भएपछि गत वैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केबाट विराटनगरको कोशी अस्पताल कोभिड १९...
बिराटनगर, ५ माघ । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार साँझ पौने ६ बजे दमक...
इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जलाधार क्षेत्रको संरक्षणले सिङ्गो सहरलाई संरक्षण गर्न सकिने उल्लेख गरेका छन् । शनिवार हसिना सिमसार परिसरमा आयोजित वृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले जलाधार र जङ्गल क्षेत्रको विनासका...
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । मन्त्रिपरिषद्को हिजोको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो...
विराटनगर, २४ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले मानव अधिकार शुक्ष्म विषय भएको बताउनु भएको छ । उहाँले हामीले गर्ने व्यवहारमा मानव अधिकार जोडिएको बताउनुभयो । ७३ औं अन्र्तराष्ट्रिय मानव अधिकार...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सडक सरसफाई गर्ने महिला कर्मचारीहरुलाई लत्ता कपडा र मिठाई वितरण गरेको छ । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको उपस्थितीमा क्लबले सडक सफाई गर्ने ५० जना महिला कर्मचारीहरुलाई...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.