प्रदेश १ को संसद् बैठक आज पनि अवरुद्ध

 न्यूज विराट
प्रदेश १ को संसद् बैठक आज पनि अवरुद्ध

विराटनगर, माघ २७–प्रदेश १ को प्रदेशसभा बैठक आज पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले बैठक सुरु भएलगत्तै उठेर विरोध गरेपछि प्रदेशसभाको आजको बैठक स्थगित भएको हो । प्रदेशसभाको बैठक सुरु भएलगत्तै उठेर विरोध गरेका कांग्रेसका सांसदहरूलाई सभामुख प्रदीपकुमार भण्डारीले बस्न पटकपटक आग्रह गरेका थिए । भण्डारीले ललिता निवास प्रकरण प्रदेशसभाबाट समाधान हुने विषय नभएको र अदालतमा विचाराधीन मुद्दा पनि भएकाले बस्न आग्रह गरेका थिए ।

सभामुखको आग्रहविपरीत प्रतिपक्ष सांसदहरू निरन्तर उठेर विरोध गरिरहेपछि सभामुख भण्डारीले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराए । बालुवाटारस्थित ललिता निवास प्रकरणमा राजनीतिक प्रतिशोध साँध्ने गरी नियोजित रूपमा आफ्ना पार्टीका नेता विजयकुमार गच्छदारलाई मुद्दा चलाइएको भन्दै कांग्रेसले विरोध जनाउँदै आएको छ ।

सम्बन्धित समाचार

जनकपुरमा रूघाखोकीको बिरामी देख्नेबित्तिकै डाक्टर डराउन थाले

जनकपुरमा रूघाखोकीको बिरामी हेर्नेबित्तिकै चिकित्सकहरू उपचार गर्न डराउन थालेका छन् । अस्पतालमा भर्नासम्म गरिएको छैन । यही डरका कारण धनुषाधामको मुलाबारीकी ४५ वर्षीया मरनीदेवी सदालाई प्रादेशिक अस्पतालसम्मले भर्ना गरेनन् । सदा शुक्रबार बिहान सिकिस्त बिरामी...

आजदेखि लुम्बिनीमा प्रेस चौतारी केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौँ, पुस १२ । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय...

दिव्यज्योती अस्पतद्धारा विराट बहिरा माविमा स्वास्थ्य शिविर, दुई सय बढीको स्वास्थ्य जाँच

विराटनगर । विराटनगरस्थित विराट बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको आँखा तथा कान परीक्षण गरिएको छ ।विराटनगरमा रहेको दिब्यज्योती अस्पतालले उक्त विद्यालयमा शिविरको आयोजना गर्दै अध्ययनरत विद्यार्थीहरुको आखाँ तथा कान परीक्षण गरिदिएको हो । साँकेतिक भाषाका...

रामप्रसाद रेग्मीको ११८ औं जन्मजयन्ति मनाइयो

विराटनगर । रामप्रसाद रेग्मीको ११८ औं जन्मजयन्ति बिभिन्न कार्यक्रम गरी मनाएको छ । रामप्रसाद–जमुना रेग्मी स्मृति प्रतिष्ठान विराटनगर–४ मा विभिन्न कार्यक्रम आयोजना गरी जन्मजयन्ति मनाएको हो ।संस्थाका प्रमुख संरक्षक बिश्वराज रेग्मीको अध्यक्ष्यतामा भएको कार्यक्रमको उद्घाघटन...

५० प्रतिशत घरभाडा मिनाहा गर्न घरबहाल सरोकार महासंघको माग

विराटनगर, १३ जेठ । घरबहाल सरोकार महासंघले घर बहाल मिनाह गर्न माग गरेको छ । घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानाका...

उर्लाबारी नगरपालिकाले १ अर्ब ३० करोडको बजेट ल्यायो

उर्लाबारी । उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३० करोड ४० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरपालिकाको दशौं नगरसभामा शनिबार उपप्रमुख मीनाकुमारी खतिवडा पौडेलले सो बरावरको बजेट प्रस्तुत गरेकी हुन् ।...

थप १७९० जनामा कोरोना पुष्टि, २७९१ डिस्चार्ज

पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । त्यस्तै, आज थप २...

तेली कल्याण समाजद्धारा निः शुल्क लोकसेवा तयारी कक्षा सुरू

विराटनगर । तेली कल्याण समाज नेपाल मोरङ र नापी पेसाकर्मी समाज मोरङको संयुक्त आयोजनामा निःशुल्क लोक सेवा तयारी कक्षा सुरु भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी निःशुल्क लोक सेवा तयारी कक्षा सुरु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्