जनतासँग गरेको बाचा पुरा गर्दै पूर्वमन्त्री पण्डित, विभिन्न योजनाका लागि करोडौँ बजेट बिनियोजन

 न्यूज विराट
जनतासँग गरेको बाचा पुरा गर्दै पूर्वमन्त्री पण्डित, विभिन्न योजनाका लागि करोडौँ बजेट बिनियोजन

विराटनगर, माघ २४–निर्वाचीत बनेदेखिनै जनता माझ गरेका प्रतिवद्धता पुरा गर्न लागि परेका पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का संघिय सांसद लालबाबु पण्डितको पहलमा विभिन्न योजनामा करोडौँ रुपैयाँ बजेट विनियोजन भएको छ ।

रानी–नेमुवा–मनमोहनचोक–सडकका लागि २० करोड रुपैयाँ बजेट बिनियोजन भएको छ । पण्डितको पहलमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफिारिसमा ग्रामिण सडक सञ्जाल बहुवषिय आयोजनाका अन्तर्गत अर्थमन्त्रालयले २० करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

आगामी आर्थिक वर्षको बजेट सिलिङ तथा मध्यमकालिन खर्च संरचनाभित्र रकम प्रस्ताव गर्ने र बजेट बमोजिम रकमको सीमाभित्र रहि खर्च व्यवस्थापन गर्नेगरी बहुवर्षीय ठेक्का प्रकृयाबाट निर्माण कार्य अगाडी बढाउन उक्त आयोजनाको लागि माघ १७ गतेको मन्त्री स्तरीय निर्णयले सहमति प्रदान गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १ नं. प्रदेश कमिटी सदीयस्य सत्यनारायण चौधरीले जानकारी दिए ।

उक्त सडकका लागि बजेट विनियोजन भएपछी स्थानिय हर्षित भएका छन् । निर्वाचनका समयमा भोट माग्न आउने नेताहरुले पटक–पटक सडक निर्माणको आश देखाएपनी पुरा हुन सकेको थिएन । तर, सो निर्वाचन क्षेत्रबाट जितेर गएदेखीनै जनता माझ गरेको प्रतिवद्धता पुरा गर्न अग्रसर भएका सांसद पण्डितकै पहलमा हाल आएर उक्त सडकको काम अघि बढेपछी स्थानीय हर्षित भएका हुन् ।

त्यसैगरी पण्डितकै पहलमा टंकि खानेपानि आयोजनाका लागि ४५ करोड ८७ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । बुढीगंगा गाउँपालिकाका सवै वडामा शुद्ध पानि वितरण र खानेपानि समस्या समाधानका लागि पण्डितले पहल गरेका हुन् ।

खानेपानि तथा सरसफाईको सहलगानी आयोजना मार्फत ४५ करोड ८७ लाख रुपैयाँ बजेट स्वीकृत भएकोमा चालु आर्थिक वर्षका लागि मात्र २९ करोड २७ लाख खर्च गर्ने बजेट स्वीकृत भएको छ । उक्त योजना सम्पन्न भएपछी पण्डितको निर्वाचन क्षेत्र अन्तर्गत बुढिगंगा गाउँपालिकामा शुद्ध पिउने पानिको समस्या समाधान हुने भएपछी स्थानीय उत्साहित भएका छन् ।

गृह जिल्ला आएर विभिन्न कार्यक्रम भ्याइ काठमाडौं फर्किए पण्डित
गृह जिल्ला र निर्वाचन क्षेत्रमा सवैभन्दा धेरै पुग्ने ‘भिआइपी’ का रुपमा चिनिएका पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य पण्डित केही दिन अघि मात्र विराटनगर आइ विभिन्न कार्यक्रममा सहभागि भएर पुनः काठमाडौं फर्किएका छन् ।

गत माघ १९ गते मोरङ निर्वाचन क्षेत्र नं. ६ अन्तर्गत शुन्दरहरैँचा नगरपालिका–५ स्थित हसिना सिमसारमा आयोजित ‘भ्रमण वर्ष २०२० तथा विश्व सिमसार दिवस’ मा सहभागिता जनाए । उक्त कार्यक्रमको उद्घाटन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले गरे । त्यसैगरी सोही निर्वाचन क्षेत्र अन्तर्गत २० गते बुढीगंगा गाउँपालिका–२ अमाहिका जनतासँग भेटघाट तथा विकास निर्माणका विषयमा छलफलसमेत गरेका छन् ।

त्यस्तै पण्डित मन्त्री भएकै बेला तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत सुरु भएको र हाल निर्माण कार्य तिब्र गतिमा अघि बढीरहेको पुष्पलाचोक गछिया सडकको निरिक्षण तथा अनुगमन गरेका छन् । उनले सुनसरीको मोरङ अमाहि र सुनसरीको सितापुर सिसोक टोल जोड्ने बुढिखोलाको पुल निर्माणका लागि स्थानीयले माग गरेको योजनाका लागि निरिक्षण गरि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । निरिक्षणका क्रममा पण्डितसँग स्थानीय जनताले पुल नहुँदा सास्ती खेप्दै आउनु परेको गुनासो गरेका थिए ।

यस वाहेक गृह जिल्लामा अगुवा कार्यकर्ता भेटघाट, मन्त्री छँदा सुरु गरेका, र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका योजनाको अनुगमन र आफ्नो निर्वाचन क्षेत्रका जनताको समस्या र पीरमर्का बुझेर पण्डित पुनः काठमाडौं फर्किएको नेकपा प्रदेश कमिटी सदस्य चौधरीले बताए ।

सम्बन्धित समाचार

नेपाल र भारतका हजारौ श्रद्धालुभक्तजनको उपस्थितीमा कलशयात्रा निकालिदै

विराटनगर । जोगवनी –४ ईन्द्रानगर स्थित रहेको हनुमान मन्दिरको पहिलो वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा मनाउने तयारी भईरहेको छ । जोगवनीको रेलवे स्टेसनको पश्चिम तर्फ एक वर्ष अगाडि प्राण प्रतिष्ठा गरिएको हनुमान मन्दिर र शनि...

सुन्दरहरैचामा गाँजा सहित सिटी सफारी चालक पक्राउ

विराटनगर, २५ साउन । जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका ७ स्थितबाट लागूऔषध गाँजा सहित सिटी सफारी चालकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुट्टा शहिद भूमी गाऊपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा...

सञ्चार माध्यमको संरक्षण गर्न प्रदेश सरकारसँग महासंघ मोरङको माग

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतका माग कोशी प्रदेश सरकारलाई बुझाएको छ । नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष...

नवनिर्वाचितच राष्ट्रियसभाका सदस्यले लिए सपथ

काठमाडौं, फागुन २१–गत माघ ९ गते भएको निर्वाचनबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिलिल्सिनाले बुधबार बिहान राष्ट्रियसभाका १८ सदस्यलाई सपथ ग्रहण गराएका हुन् । सत्तारुढ दल नेपाल...

३६ घण्टा व्रत बसेर सकियो जितिया पर्व 

धनुषा, २६ भदौ-मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र...

मोरङको कानेपोखरीमा–७ एमालेको प्यानलै विजयी

विराटनगर, ३१ वैशाख । मोरङको कानेपोखरी गाउँपालिका– ७ नेकपा (एमाले) को प्यानलनै बिजयी भएको छ । वडा अध्यक्षमा एमालेका मोहनप्रसाद अधिकारी, महिला सदस्यमा पदमकुमारी गुरुङ, दलित महिला सदस्य रुविना विक, खुला सदस्यहरू जीवन सुब्बा र...

कालिकोटमा एक हजार बेडको क्वारेन्टाइन निर्माण

सुर्खेत, ४ जेठ-कालिकोटमा नौ वटा स्थानीय तहले एक हजार ८४ बेडको क्वारेन्टाइन बनाएका छन् । भारतमा रेल सेवा सुचारु भएपछि रोजागारीका लागि भारत गएका जिल्लामा आउन सक्ने भन्दै क्वारेन्टाइन निर्माण गरेका हुन् । जिल्लाका नौ...

बेलबारीको रमिते डाँडा आकर्षक पर्यटकीय गन्तब्य बन्दै

विराटनगर, २१ पुस-मोरङको बेलबारी–२ लालभित्तीस्थित रमितेडाँडा आन्तरिक पर्यटनका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा अवस्थित रमितेडाँडामा वनभोज खान पुग्नेहरुको घुइँचो लाग्न थालेको छ । लालभित्ती चोकबाट करिब २...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्