कांग्रेस संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्बन

 न्यूज विराट
कांग्रेस संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्बन

काठमाडौं, माघ २२–नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सांसद पद निलम्बन भएको छ । नेता गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता गर्न पदमा बसी भूमिका खेलेको भन्दै भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा बुधबार मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।

सुनसरीको क्षेत्र नं ३ बाट संघीय संसदमा नेपाली कांग्रेसको तर्फबाट विजयी गच्छदारलाई तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्रीको हैसियतले प्रधानमन्त्री निवाससमेत रहेको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोग लागेको छ । गच्छदारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदाफा (१ ) र सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) र सोही ऐनको दफा २४ बमोजिम थप सजाय गरी सोही ऐनको दफा ८ को उपदफा (१) र दफा १७ बमोजिम बिगो असुलउपर र जफत हुने माग दाबी गरेको छ ।

संसद नियमावलीको नियम २४४ मा भने फौजदारी अभियोग लागेको सांसदले सांसद पदको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुन नपाउने र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगन हुने व्यवस्था छ । तर सांसद गच्छदारमाथि भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता भएपछि भ्रष्टाचार निवारण ऐन आकर्षित भएको हो ।

नेपाली कांगे्रसका २३ जनाले संघीय संसदमा प्रत्यक्ष विजयी भएर सांसद बनेका थिए भने ४० जना समानुपातिकबाट सांसद भएका थिए । कांग्रेसको तर्फबाट रौतहट क्षेत्र नं २ बाट निर्वाचित मोहम्मत अफताव आलमको भने फौजदारी अभियोगमा जेलमा राखिए पनि सांसद पद निलम्बन भएको छैन ।

सम्बन्धित समाचार

कार्यदलमा भएको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, २८ असार ।  पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजोको लागि डाकिएको बैठक कार्यदलमा सहमति जुट्न ढिलो भएपछि आजका लागि सारिएको हो । बैठक...

धेरै कोरोना संक्रमण भएका देशको सूचीमा भारत १५औँ स्थानमा

एजेन्सी, बैशाख १७-कोरोना भाइरस (कोभिड-१९) संक्रमण धेरै फैलिने देशहरूमध्ये छिमेकी राष्ट्र भारत १५औँ स्थानमा पुगेको छ । विश्वभर ३१ लाख ३९ हजार ४ सय ७१ जनामा कोरोनाको संक्रमण देखिएकोमा भारतमा ३१ हजारभन्दा बढीमा संक्रमणकाे पुष्टि...

तेस्रो प्रयासमा गणेश उप्रेती प्रदेश संसद बन्न सफल

विराटनगर । मोरङको क्षेत्र नंः २(१) बाट नेकपा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उप्रेतीले १५ हजार ३३ मतले विजय भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका...

देशका विभिन्न स्थानमा वर्षा, भोलि चट्याङ्ग, असिनासहित हावाहुरीको सम्भावना

काठमाडौं, १४ वैशाख-आज बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।विशेषगरि पश्चिमी र पूर्वी क्षेत्रमा अहिले वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । आज दिउँसो पनि देशभर सामान्य बदली भएर केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र...

बीपी प्रतिष्ठानमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर– १२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते...

सामाजिक सञ्जाल कम्पनी बन्द गर्ने ट्रम्पको धम्की

एजेन्सी, जेठ १५-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल कम्पनीहरु बन्द गर्ने धम्की दिएका छन् ।  ट्विटरले उनको ट्वीटमा फ्याक्ट चेक चिन्ह राखेपछि आक्रोसित बनेका ट्रम्पले सामाजिक सञ्जाल बन्द गर्ने धम्की दिएका हुन् । उनले सामाजिक...

मोरङको उर्लाबारी आगलागी, चार प्रहरीसहित २८ जना घाइते

विराटनगर । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरीसहित २८ जना घाइते भएका छन् । प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार, दुई जना जवान सहित २४ जना सर्वसाधरण घाइते भएका मोरङ...

समाजवादी र राजपाबीच एकीकरण

काठमाडौं, १० बैशाख-समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुबीचको लामो छलफलपछि बुधबार अबेर राति पार्टी एकीकरणको टुंगो लागेको हो । सरकारले पार्टी केन्द्रीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्