सवारी दुर्घटनामा २ जनाको मृत्यु

 न्यूज विराट
सवारी दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर, माघ १६–मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बुधबार राती मोरङको कटहरी गाउँपालिका–७ होडियारीमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त २५८९ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका थिए ।

स्थानीय २२ बर्षीय अडताल मोडियारीलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लैजादैं गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यस्तै, सुनसरीको इटहरी–१७ मा भएको मोटरसाइकल दुर्घटनामा भोजपुरको पात्लेपानी गाउँपालिका–५ का २० बर्षीय कौशल राईको मृत्यु भएको छ । बिहिबार विहान पौने २ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको वानटेष्ट मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका राईको विराटनगर स्थित बिराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार

चितवन राष्ट्रिय निकुञ्जमा अर्नाः न फस्टाए, न मोटाए थप

चितवन,  २६ जेठ-कोशी टप्पु वन्यजन्तु आरक्षबाट यहाँ ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै । चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन् । २०७३ मा आरक्षबाट १२ वटा...

सार्वजनिक जग्गासहित अनियमिततामा संलग्न जोकोहीलाई कारवाही गर्ने अख्तियार प्रमुख राईको घोषणा

काठमाडौं, माघ २८-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमिततामा संलग्न सबैलाई कारवाही गर्ने घोषणा गर्नुभएको छ । अख्तियारको ३० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जोकोहीलाई...

सुनको मूल्य ९९ हजार पुग्यो

काठमाडौं, १५ साउन-बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । आज प्रतितोला ९ सय ३५ रुपैयाँ बढेको हो । बुधबार ९८ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ...

विराटनगरस्थित मेघा बैंकका एक कर्मचारीमा कोरोना

विराटनगर, साउन २७–विराटनगरस्थिथ मेघा बैंकका एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । विराटनगर जलजला चौक पूर्व रहेको बैंकको शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको बैैंकले जनाएको छ । बैंकका अनुसार संक्रमित विराटनगर–११ निवासी हुन् ।

मोरङको उर्लाबारी आगलागी, चार प्रहरीसहित २८ जना घाइते

विराटनगर । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरीसहित २८ जना घाइते भएका छन् । प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार, दुई जना जवान सहित २४ जना सर्वसाधरण घाइते भएका मोरङ...

माधवलाई शंकरको जवाफ- पार्टी एकताको सहमति भए भ्याकेटको औचित्य रहँदैन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकतामा सहमति भए भ्याकेटको औचित्य नरहने बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली पक्षले भ्याकेटमा जाने निर्णय गरेर पार्टी एकता भंग गर्न खोजेको आरोप लगाएलगत्तै...

लेकाली समुदायमा न दसैँ आउँछ, न तिहार

विजयादशमी दसैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न  दसैँ आउँछ, न त तिहार नै । त्यही लेकाली समुदायका एक हुन् ६५ वर्षीय...

७ सयले घट्यो सुनको मूल्य

काठमाडौं,  १२ भदौ-शुक्रबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९७ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्