सेवा सुविधामा विभेद गरिएको भन्दै २३ पाइलटले दिए सामूहिक राजीनामा

 न्यूज विराट
सेवा सुविधामा विभेद गरिएको भन्दै २३ पाइलटले दिए सामूहिक राजीनामा

काठमाडौं, माघ १०–विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै नेपाल एयरलाइन्सका पाइलटहरूले सामूहिक राजीनामा दिएका छन् । नेपाल भ्रमण वर्ष चलिरहेका बेला पाइलटहरूले तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएका हुन् । व्यवस्थापनले नेपाली स्थायी कर्मचारीलाई बढी लगाउने तर सेवा सुविधा भने विदेशीलाई धेरै दिएको लगायतमा असन्तुष्टि जनाएका छन् ।

पाइलटहरूका अनुसार विदेशीले महिनामा ४६ घन्टा मात्र जहाज उडाउँछन् भने हप्तामा दुई दिन छुट्टी पाउँछन् । त्यसमा उनीहरूले १५ लाख तलब पाउँछन् । तर, नेपाली स्थायी पाइलटले महिनामा ९५ घन्टा जहाज उडाउने र हप्तामा १ दिन मात्र बिदा पाउने गरेका छन् । क्याप्टेन श्रवण रिजालका अनुसार तलबमा विदेशी र नेपालीबीच ठूलो खाडल भएका कारण कर्मचारीमा असन्तुष्टि रहेको बताए । तीन महिनाभित्र आफ्ना माग सम्बोधन नगरे सबै विमान ग्राउण्डेड हुने उनीहरूको चेतावनी छ । एयरबस ३३० वाइडबडी जहाज उडाउने १५ मध्ये १३ जना र एयरबस ३२० जहाज उडाउने २५ मध्ये १२ जनाले राजीनामा दिएका छन् ।

सम्बन्धित समाचार

प्रचण्डलाई ओलीको जवाफ : एमसीसी हस्ताक्षरकर्ता तपाईं ‘राष्ट्रवादी’, म कसरी ‘राष्ट्रिय हित विरोधी’

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्तावमा एमसीसी परियोजनामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपमा जवाफ दिएका छन् । उनले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा...

भारतबाट चोरबाटो हुँदै नेपाल फर्कन लागेका ६ जना पक्राउ

सिरहा, ५ वैशाख-भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका ६ जनालाई पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ । सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका ६ जनालाई पक्राउ गरी क्वाइरेन्टाइन पठाइएको जिल्ला प्रहरी कार्यालय...

प्रधानमन्त्री ओलीले मंगलबार कोशीको प्रदेशसभामा सम्बोधन गर्ने, विपक्षी दलले बहिष्कार गर्ने तयारी

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभाको बैठकमा अहिलेकै परिस्थिति रहे विपक्षी दलहरू सहभागी नहुने भएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो २ बजेदेखि सुरू हुने प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।...

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२ पुग्यो

काठमाडौं, ७ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा....

अस्पतालको चक्कर काट्दाकाट्दै रक्तचापका बिरामीको मृत्यु

अस्पतालले उपचार गर्न नमानेपछि विराटनगरमा एक महिलाको मृत्यु भएको छ । विराटनगरका निजी स्वास्थ्य संस्थाले उच्च ज्वरो देखिएका बिरामीको उपचार गर्न अस्वीकार गरपछि धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाबाट उपचारका लागि ल्याइएकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार...

विराटनगरको हटियामा सिक्री चोर्न बालबालिका प्रयोग, चोर्न लगाउने र खरिद पक्राउ

विराटनगर । बालबालिका प्रयोग गरी तरकारी बजार र हटियामा सुनको सिक्री लुटपाट गर्न लगाउने गिरोहको सदस्य पक्राउ परेका छन् । विराटनगरको साप्ताहिक हाट बजारमा तरकारी किन्न गएका सर्वसाधारणको सुनको सिक्री लुटपाट गर्न लगाउने गिरोहका एक...

कटहरीको सडक बनाउन माग राख्दै सडक अवरुद्ध, शुक्रबार दुई घण्टा गर्ने तयारी

विराटनगर । हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्डको निमार्ण कार्य सुस्त भएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । उक्त सडक निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै नेपाली काँग्रेस कटहरी गाउँपालिकाको अगुवाइमा यहाँका स्थानीयले एक घण्टा सडक...

ब्राहमण महासभामा मिश्र, जातिय तथ्याङ्ग संकलन गरिने

विराटनगर । मैथिल ब्राहमणलाई एकिकृत गरेर हरेक समस्याको समाधान गर्ने उदेश्यले एकिकृत भएको ब्राहमण महासभाको मोरङ नयाँ कार्यसमिति चयन भएको छ ।दोस्रो अधिवेशनले मैथिल ब्राहमण महासभा नेपाल जिल्ला कार्यसमिति मोरङ मनोज कुमार मिश्रको संयोजकमा नयाँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्