इरान विमान दुर्घटनाः सरकारविरुद्ध सडकमा उत्रिए नागरिक

 न्यूज विराट
इरान विमान दुर्घटनाः सरकारविरुद्ध सडकमा उत्रिए नागरिक

तेहरान, पुस २७–इरानी सेनाको मिसाइलबाट युक्रेनी विमान दुर्घटना भएको स्वीकार गरेसँगै इरानमा सरकारविरुद्ध प्रदर्शन सुरु भएको छ । रानीका नागरिकले पहिला आफ्नो हात नभएको भन्दै दाबीप्रति असुन्तुष्टि जनाएका छन् । विमान दुर्घटनामा इरानी सेनाको हात नभएको भन्दै सुरुवातीमा बयान दिने अधिकारीविरुद्ध प्रदर्शन भइरहेको छ । तेहरानका दुई विश्वविद्यालय बाहिर प्रदर्शन भड्किएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । प्रदशनकारीमाथि अंकुश लगाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनको समर्थन गरेका छन् । ट्वीट गर्दै ट्रम्पले नागरिकको प्रदर्शन स्वभाविक भएको बताएका छन् ।

विमान दुर्घटनाको तीन दिनपछि शनिबार इरानले युक्रेनी विमान दुर्घटना भुलवस सेनाको मिसाइलबाट भएको स्वीकारेको थियो । दुर्घटनामा १७६ यात्रुको मृत्यु भएको थियो । तेहरानबाट सार्वजनिक खबर अनुसार शरीफ र आमिर काविर विश्वविद्यालय बाहिर प्रदर्शनकारी जम्मा भएका छन् । पहिला मृतकको यादमा मानिसहरु जम्मा भएको बताइएको थियो । तर शनिबार साँझदेखि प्रदर्शनले उग्र रुप लिएको थियो । इरानको फास समाचार एजेन्सीले विरोध प्रदर्शनको खबर सार्वजनिक गरेको छ । सरकारी सञ्चारमाध्यमले भने एक हजार बढी नागरिकले सरकारविरुद्ध प्रदर्शन भइरहेको खबर सार्वजनिक गरेको छ ।

प्रदर्शनमा विद्यार्थीको सहभागी बढी देखिएको छ । विमानमा आक्रमण गर्ने सरकारी अधिकारीविरुद्ध कारबाहीको माग गरिएको छ । विद्यार्थीले नारा लगाउँदै सर्वाेच्व नेता कमान्डर इन चीफ अयतोल्लाह अली खमेनेइको राजनीनामा र गलत खबर दिने अधिकारीलाई फाँसीको माग गरेका छन् । समाचार अनुसार प्रहरीले प्रदर्शनकारीविरुद्ध कारबाही थालेको छ । सामाजिक सञ्जालमा प्रहरीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई तिरवितर गरेको भिडियो भाइरल बनेको छ ।

सम्बन्धित समाचार

परदेशी – २ को प्रमोशनमा अभिनेता प्रकाश र अभिनेत्री वर्षा मेरिल्याण्डमा

विराटनगर । विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजमा नेपाली कथानक चलचित्र परदेशी –२ चलचित्रका कलाकारहरू आइपुगेका छन् । यही शुक्रबारदेखि प्रदर्शनमा आउने परदेशी – २ चलचित्रको प्रचार प्रसाद गर्दै देश दौडाहमा हिडेका अभिनेता प्रकाश सपुत, अभिनेत्री...

प्रदेश १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ

विराटनगर, १५ असार-मनसुनको सक्रियतासँगै प्रदेश नं १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका...

लागुऔषध ब्राउनसुगर सहित छ जना पक्राउ

विराटनगर, १० चैत । उदयपुरबाट लागुऔषध ब्राउनसुगर सहित छ जना पक्राउ परेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ नमुना स्थितबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी–५ का २३ बर्षीय...

विराटनगर आउँदै गरेको बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

विराटनगर, ८ असोज । मोरङ बुढिगंगा गाऊपालिका १ शान्ती चौक स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डागिहाट का ५१ बर्षीय देबेन्द्र पन्त रहेका छन्...

विराटनगरबाट सट्टाबाजी गर्ने तनी पक्राउ

विराटनगर, ३ कात्तिक–छिमेकी मुलुक भारतको युएइमा जारी इन्यियन प्रिमियर लिग (आईपीएल) मा सट्टाबाजी खेलाउने विराटनगरका तीन जना पक्राउ परेका छन् । आइपिएलमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ...

एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले दिए राजिनामा

विराटनगर । नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् । पार्टीको जिल्ला समिति अध्यक्ष समक्ष राजीनामा लेख्दै खतिवडाले टिकट वितरणमा गैर राजनीतिक कार्य भएको भन्दै जिल्ला सचिवको पदबाट...

मनाङमा मतगणना सुरु

लमजुङ । हिमाली जिल्ला मनाङमा मतगणना कार्य सुरु भएको छ । चार वटा पालिका रहेको मनाङमा ८ बजेदेखि मतगणना कार्य थालिएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार मतदान सकिए लगत्तै सर्वदलीय...

अर्किंड र सरस्वती फाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र सरस्वती स्कुल विजयी हुँदै फाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा अर्किड स्कुलले न्यू...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्