पाँच महिनामा १ अर्ब ८६ करोडको अलैंची निर्यात

 न्यूज विराट
पाँच महिनामा १ अर्ब ८६ करोडको अलैंची निर्यात

काठमाडौं, पुस २२–चालू आर्थिक वर्षको मंसिरसम्ममा १ अर्ब ८६ करोड रुपैयाँबराबरको अलैंची निर्यात भएको छ । यो परिमाण गत आवको सोही अवधिको तुलनामा ५०.७ प्रतिशत धेरै हो । गत आवको पहिलो पाँच महिनामा १ अर्ब २३ करोड रुपैयाँबराबरको अलैंची निर्यात भएको थियो । समीक्षा अवधिमा कुल निर्यातमा अलैंचीको हिस्सा ३.९ प्रतिशत छ ।

नेपालको पूर्वी इलाम, पाँचथरलगायतका जिल्लामा बढी अलैंची उत्पादन हुन्छ । कृषि उपजमा अलैंचीलाई सरकारले निर्यात प्राथमिकताको वस्तुमा राखेको छ । गत वर्षभरमा ४ अर्ब २८ करोडको अलैंची निर्यात भएको थियो । चालू आवको पाँच महिनामा १ अर्ब ४५ करोडको चिया, ५१ करोडको जडिबुटी र २३ करोड ६२ लाख रुपैयाँबराबरको अदुवा निकासी भएको व्यापार तथा निकासी प्रवर्धन केन्द्रले जनाएको छ ।

नेपालको निकासी व्यापारमा भारत, अमेरिका, जर्मनी, बेलायत, टर्की, चीन, बंगलादेश, फ्रान्स, जापान, इटाली, क्यानडा, अस्ट्रेलिया, स्विट्जरल्यान्डलगायत देशको हिस्सा धेरै छ । नेपालबाट पाम आयल, पोलिस्टर तथा अन्य धागो, ऊनी गलैंचा, भटमासको तेल, तयारी पोसाक, जुट तथा जुटका सामान, अलैंची, जुस, चिया, कपडा, फलाम तथा स्टिल, फेल्ट र पस्मिना सल निर्यात हुन्छ । निर्यात व्यापारमा मुख्य हिस्सा पाम आयलको २४ प्रतिशत छ ।

सम्बन्धित समाचार

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं, ३ कात्तिक-मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अन्तर्राष्ट्रिय खुला सिमानामा हुने आवागमन ३० कात्तिक मध्यरातसम्मका लागि स्थागित गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ । तर, १३ वटा प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न र मालसामानको...

विराटनगरको मेरील्याण्ड कलेजमा विद्यार्थीको भिड, एक हजार बढी विद्यार्थीले दिए परीक्षा

विराटनगर । विराटनगरको मेरिल्याण्ड कलेजमा कक्षा ११ मा भर्नाको लागि लिएको प्रवेश परीक्षामा विद्यार्थीको भिड लागेको छ । व्यवस्थापन संकाय मात्र पढाइ हुने मरील्याण्ड कलेजमा आज लिएको प्रवेश परीक्षामा विद्यार्थीको भिड लागेको हो । कलेजमा...

कटहरीको तरकारी संकलन गरिने

विराटनगर, बैशाख ६–लक डाउनका कारण बारीमै तरकारी कुहिन थालेको सवत्र गुनासो पछि मोरङको कटहरी गाउँपालिकामा उत्पादित तरकारी संकलन गरिने भएको छ । प्रदेश १ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा सामाजिक विकास मन्त्री जीवन...

विराटनगरमा चौथो नेवा महोत्सव सुरू, एकै ठाउँमा थरी–थरीका परिकार

विराटनगर । विराटनगरस्थित झीः पुचमा नेवा : त : मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको छ । नेपाल भाषा तथा सांस्कृतिक सङ्घ (झी पुचः) को आयोजनामा शुक्रबारदेखि नेवा : त: मुँज्या र चौथो...

आज ३ अन्तर्राष्ट्रिय कार्गो उडान, चीन र यूएईबाट सामान ल्याइँदै

काठमाडौं, ५ बैशाख-शुक्रबार ३ वटा अन्तर्राष्ट्रिय कार्गो उडान हुँदैछ । संयुक्त अरब इमिरेट्स यूएईको सारजहाबाट एयर अरेबियाको कार्गो विमान काठमाडौं आउने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । एयरबस ३२० कार्गो विमान...

‘प्रदेशका कानुन दराजमै थन्किए‘

विराटनगर, असार ३०–प्रदेश १ मा बनाइएका अधिकाँश कानुन दराजमै थन्किएको सांसदहरूले गुनासो गरेका छन् । आजको प्रदेशसभा बैठकमा सांसदहरूले प्रदेशसभाले बनाएका अधिकांश कानुनहरू दराजमा थन्किएको गुनासो गरेका हुन । सांसद केदार कार्कीले लोकसेवा सम्बन्धमा कानुन...

शीर्ष नेतालाई शितल निवासमा राष्ट्रपतिको रात्री भोज

काठमाडौं, १० असार-संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्री भोज दिने भएकी छिन् ।नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्री भोजका लागि निम्तो गरेकी हुन् । रात्री भोजका...

आदर्श माविको वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

विराटनगर । वि.सं. १९८६ मा स्थापित विराटनगरस्थित आदर्श माविले ९५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वर्ष शिक्षकका रुपमा भगिरथ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्