पाथिभरा गोल्डकपमा झापाको रेड स्टार क्लब सेमिफाइनलमा

 
पाथिभरा गोल्डकपमा झापाको रेड स्टार क्लब सेमिफाइनलमा

ताप्लेजुङ –ताप्लेजुङमा जारी पाथिभरा गोल्डकपमा झापाको रेड स्टार क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारले क्वाटरफाइनलमा गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० गोलअन्तरले हराएको हो।

राष्ट्रिय टिमका खेलाडी भित्र्याएका झापाका यी दुई क्लबबीचको खेल निकै प्रतिस्पर्धा भएको थियो । रेड स्टारका जर्सी नम्बर ११ का खेलाडी योगेश गुरुङले ५१औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
गोर्खा स्पोर्टिङ क्लबबाट ३ जना विदेशी खेलाडी खेलेका थिए भने रेड स्टार क्लबबाट खेल्ने पूर्ण चेम्जोङ, विजय धिमाल र अशोक खवास, मनाङ मर्स्याङ्दीबाट खल्ने सुरज वि.के. तथा दिपक राई पनि टिममा रहेका थिए ।

रेड स्टारबाट विवश चौधरी, दिवश उराउ, निशान लिम्बूलगायतका चर्चिच खेलाडी थिए । आजको खेलमा म्यान अफ् द म्याच रेड स्टार क्लब झापाका किपर विवश चौधरी घोषित भएका छन् । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।बुधबार हुने पहिलो सेमिफाइनल खेलमा आजको विजेता रेड स्टार क्लब झापा र रेड हर्स क्लब इलामबीच हुने आयोजक समितिका सह–सचिव टिकेन्द्र नेपालीले बताए।

सम्बन्धित समाचार

कोभिड–१९ विरुद्ध जुध्न जर्मनीले २० हजार थान पीसीआर सहयोग गर्ने

काठमाडौं, २० वैशाख-जर्मनीले कोभिड–१९ विरुद्ध जुध्न नेपाल सरकारलाई २० हजार थान पिसीआर उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने नेपाल सरकारको प्रयासमा सघाउन जर्मनीले पहिलो चरणमा ३ हजार थान पिसीआर नेपाल ल्याइएको...

मोतिपुरमा झडप, प्रहरीले चलायो गोली

रूपन्देहीको मोतिपुर औद्योगित क्षेत्रमा बसेकाहरू र प्रहरीबीच झडप झडप भएको छ । झडपको क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर केही व्यक्ति घाइते भएका छन् । सो स्थानमा बसेकाहरूलाई प्रहरीले हटाउन खोज्दा झडप भएको...

विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था हुन्छः मन्त्री आले

विराटनगर,२४ मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सक्षिप्त कुरा गर्दै उहाँले आगामी आइतबार वस्ने क्यानको वैठकबाट...

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २७० संक्रमित थपिए, १९७ जना डिस्चार्ज

विराटनगर, १ मंसिर–प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १÷१ र प्रदेश १ बाहिरका १४...

विराटनगर महानगरका वडामा एमालेको बर्चश्व

विराटनगर, ७ जेठ । विराटनगर महानरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की फराकिलो मतान्तरले विजयी भएका छन् । सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार मोयरमा कोइराला ८७१५ र उपमेयरमा कार्की...

सबै न्यायाधीशको इजलासमा नियमित मुद्दाको पेशी

 करीव २ सातादेखिको न्यायिक अराजकता अन्त्य गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आजदेखि सबै न्यायाधीशलाई नियमित मुद्दाको पेशी तोकेर इजलास गठन गरेका छन् । यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेशीमा चढाइएकोमा आजबाट सबै न्यायाधीशलाई नियमित मुद्दा हेर्न...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज, १८९ संक्रमित थपिए

विराटनगर, २७ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर ६ सय ६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय ७८, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्