पथरीशनिश्चरे–४ स्थित राधाकृष्ण मन्दिरबाट सुरु हुने कृष्ण रथयात्राका लागि रथ तयार गर्दै कालिगढहरु ।
अर्पणा के.शी शनिश्चरे । मोरङको पथरी शनिश्चरे–४ जरायोडोलमा रहेको राधाकृष्णको मन्दिरमा विगत वर्षहरुमा झैँ यस वर्ष पनि पञ्चदिववशीय श्रीमद् भागवत ज्ञान महायज्ञ तथा रथयात्राका लागि भव्य तयारी भइरहेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा भदौ ३ गते मङगलबार देखि कलश यात्रा, मंण्डप पूजा गरी उद्घाटन गरीने भएको छ ।
त्यसैगरी, प्रत्येक दिन विहान नित्य पूजा, बेलुका दैनिक सन्ध्याकालिन आरती, पुष्पाञ्जली, भव्य भजन कृतन साथै भगवानको लिला झाँकी भव्य प्रदर्शन गरीने छ । भदौ ७ गते शनिबार अपरान्ह निस्कने यस वर्षको रथयात्रामा नयाँ रथ निमार्ण गरीएकोे आयोजक समिती अध्यक्ष शेर बहादुर रायाले जनाएका छन् । सोही दिन विहान विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा निकालिने रथ यात्राले पथरी शनिश्चरेका विभिन्न स्थान परिक्रमा गरिने राधाकृष्ण मन्दिर व्यवस्थापन समिति अध्यक्ष रायाले बताए । मन्दिर परिसरबाट श्री कृष्णलाई विशाल सून्दर रथमा विराजमान गराइ बाजागाजा झाँकी सहित नगर परिक्रमा गरिने भएको हो।
रथयात्राको मार्गमा पर्ने सडकको दुवै पेटीमा हजारौँ श्रद्धालुले रथमाथि फुल तथा जलअर्पण गर्ने अपेक्षा गरिएको मन्दिरका पूर्व अध्यक्ष फत्तबहादुर कार्कीले बताए । रथयात्रामा विभिन्न मन्दिर एवं धार्मिक संस्थाका कलश यात्राका साथै दर्जनौँ संस्कृतिक झाँकी र नाचका टोली लगायत श्रद्धालु भक्तजन पनि सहभागी हुने उनको भनाई छ ।
पथरी शनिश्चरे लगायत बाहिरी जिल्लाबाट समेत गरी हजारौँ श्रद्धालु भक्तजन रथयात्रामा सहभागी हुन आउने भएकाले तीनको सुरक्षाको व्यवस्था पनि मिलाइएको राधाकृष्ण मन्दिर व्यवस्थापन समिति सचिव रामप्रसाद न्यौपानेले जानकारी दिए । श्रीमद् भागवत १० औँ स्कन्द, कृष्ण चरित्र, कथा प्रवचन, कृष्ण जन्मोत्सव तथा विशाल रथ यात्राको कार्यक्रम तय गरीएको आयोजक समिती सचिव न्यापानेले बताएका हुन् ।
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...
विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...
पत्रकारिताको नयाँ आयामको रुपमा न्युजबिराट डट कम उपस्थित भएको छ । जनताको सूचनाको हक स्थापित गर्ने र आवाजविहिनहरुको आवाज बलियो बनाउने उद्देश्यसहित हामी आएका हौं । सत्य र न्यायप्रतिको पक्षधरतासहितको स्वतन्त्र प्रत्रकारिता हाम्रो मिसन हो ।