पथरी । तिमल्सिना समाज नेपाल मोरङले पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक पत्रकार भूपेन्द्र तिम्सिना सहित ९ जनालाई सम्मानित गरेको छ ।
तिमल्सिना समाज नेपाल जिल्ला कार्यसमिति मोरङको दोस्रो चुनावी साधारण सभाका अवसरमा आज बेलबारीको भाउन्नेमा सम्पन्न कार्यक्रममा समाजका संरक्षक कल्याणकुमार तिम्सिनाले पत्रकार तिम्सिना सहितलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गर्नुभएको हो ।
सभामा जिल्ला तदर्थ समिति संयोजक हरिप्रसाद तिम्सिना, महिला अग्रणी विराटनगरकी भारती तिम्सिना, इटहरीका कलाकार विक्रमश्रि तिम्सिना, राजनीति एवम् समाजसेवा क्षेत्रकी बेलबारीकी गीता तिम्सिना, खेलकुद क्षेत्रका विराटनगरका मनिष तिम्सिना समेत सम्मानित हुनु भएको छ ।
त्यस्तै, तिमल्सिना समाजको कार्यालय निःशुल्क उपलब्ध गराउने सुन्दरहरैंचाका खगेन्द्र तिम्सिना, उत्तरपूर्वी मोरङका सामुदायिक विद्यालयहरुमा खानेपानी व्यवस्थापना सघाउने उर्लावारीका लालबहादुर तिम्सिना र सुन्दरहरैंचाका समाजसेवी छत्रपति तिम्सिनालाई पनि सम्मानित गरिएको छ ।
सभाले पुनः सञ्जय तिम्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
काठमाडाैं, १५ साउन-कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी विभागमा भइरहेका मनोनयनलगायत असहमतिका ५ वटा विषयलाई सभापति शेरबहादुर देउवाले बेवास्ता गरेको भन्दै पत्रकार सम्मेलनमार्फत् धारणा सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे सानेपास्थित पार्टी...
काठमाडौं, साउन ५ । कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैं...
काठमाण्डौं । स्वास्थ्य बीमा बोर्डले विराटनगरस्थित लाइफगार्ड अस्पतालको ‘स्वास्थ्य बीमा कार्यक्रम’ स्थगन गरेको छ । ३२ जेठ शुक्रबारदेखि लागू हुने गरी तीन महिनासम्मको लागि स्वास्थ्य बीमा कार्यक्रम सेवा स्थगन गरेको हो । लाइफगार्ड अस्पतालका चिकित्सकले...
ओपेक, रसिया र अरू तेल उत्पादक राष्ट्रहरूबीच आइतबार प्रतिदिन झण्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ । विश्वको हाल दैनिक उत्पादित तेलको यो १० भागमा एक भाग हो । कोरोनाभाइरसको महामारीका...
काठमाडौं, २५ वैशाख-शुक्रबारबाट सुरू हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना भाइरस (कोभिड–१९) कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गरेर बैठक सञ्चालनका सबै तयारी पूरा भएको...
काठमाडौै, १८ असोज-विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विदेशमा विभिन्न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन)का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन्...
विराटनगर । श्रृंखलाबद्ध रुपमा ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गरेको आरोपमा भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा संखुवासभा पाचखपन...
एजेन्सी, जेठ १४-चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ जनमुक्ति सेनालाई युद्धको तयारी गर्न निर्देशन दिएका छन् । जनमुक्ति सेना र जनमुक्ति सशस्त्र बलका प्रतिनिधिसँगको छलफलका क्रममा उनले सो निर्देशन दिएका हुन् । करिब २० लाख सैनिक...