हाम्रो बारेमा

पत्रकारिताको नयाँ आयामको रुपमा न्युजबिराट डट कम उपस्थित भएको छ । जनताको सूचनाको हक स्थापित गर्ने र आवाजविहिनहरुको आवाज बलियो बनाउने उद्देश्यसहित हामी आएका हौं । सत्य र न्यायप्रतिको पक्षधरतासहितको स्वतन्त्र प्रत्रकारिता हाम्रो मिसन हो । यो अनलाइन कुनै व्यवसायीको नाफा आर्जन गर्ने र अन्य व्यवासय प्रबद्र्धन गर्ने प्रोपोगाण्डाको साधान नभएर श्रमजीवीहरुले श्रम गर्नेहरुको पक्षमा चलाएको अभियान हो । सत्य, निष्ठा जवाफदेहीता र जिम्मेवारीपूर्वक आफ्नो अभियान अगाडि बढाउने संकल्पसहित हामी आएका छौं ।बजारमा दिनहुँ आइरहेका अतिरञ्जित, भ्रमपूर्ण र प्रायोजित समाचारले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर बनिरहेको बेला त्यसलाई चिर्ने हाम्रो सानो प्रयास हुनेछ । हामी त्यसमा सफल हुनेछौं, किनकी समाचारमा हामीले कसैको स्वार्थको अधिनस्त बस्नुपर्ने अवस्था हुनेछैन । हाम्रो यस अभियानलाई सफल बनाउन हामी आफै मात्र पूर्ण छैनौं । यसमा आमपाठक, दर्शक, स्रोताहरूको मार्गदर्शन अतिआवश्यक छ । तपाईहरुको स्वस्थ आलोचना र रचनात्मक सुझावले हामीलाई अगाडि बढ्न मद्दत गर्ने निश्चित छ ।
जनताको सूचनाको अधिकार स्थापित गर्नु र राज्य तथा सरोकारवाला निकायलाई जवाफदेही बनाउन खबरदारी गर्नु हाम्रो प्रयास हुनेछ । देश, जनता र वृहत राष्ट्रिय हितको पक्षमा हाम्रो पक्षपोषणलाई ‘स्वतन्त्र’ र ‘व्यवसायिक’ घेराले छेक्नेछैन । यो हाम्रो सुरुवात हो । यसमा धेरै कमजोरी र अपर्याप्तता छन् भन्ने हामीले बुझेका छन् । त्यसलाई पुर्ण गराउन तपाईहरुको साथको अपेक्षा हरपल रहनेछ ।
अहिले हामी परीक्षणको रुपमा तपाईमाझ उपस्थित भएका छौं । केही समयभित्रै हाम्रो उपस्थिति नियमित हुनेछ ।

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्