विराटनगर । विराटनगरस्थित कृतिका एजुकेशन एण्ड हेल्थ फाउण्डेशन प्रालि ले शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता हासिलगर्दै क्याम्ब्रिज अन्तर्राष्ट्रिय विद्यालयको रूपमा औपचारिक मान्यता प्राप्त गरेको छ । क्याम्ब्रिज इन्टरनेशनलले २०२५ अप्रिल ३० मा कृतिका फाउण्डेशनलाई प्रमाणपत्र प्रदान गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विद्यालयको रूपमा दर्ता गरेको हो । यससँगै विद्यालयले अब कक्षा १ देखि १० सम्म क्याम्ब्रिज करिकुलम अनुसार पठनपाठन गराउने अधिकार प्राप्त गरेको छ । साथै, प्लस टु तहमा ए लेभल क्याम्ब्रिजको नै पढाइ सञ्चालन गरिने छ । यसअघि विराटनगरका विद्यार्थीहरूलाई ए लेभल परीक्षा दिन राजधानी काठमाडौँ जानुपर्ने अवस्था थियो । अब भने कृतिका फाउण्डेशनमा नै ए लेभलको परीक्षा दिन सकिने व्यवस्था मिलाइएको छ । यससँगै विराटनगरमै बसेर विद्यार्थीहरूले विश्वव्यापी मान्यता प्राप्त शिक्षा हासिल गर्न सक्ने छन । शैक्षिक गुणस्तर, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थी केन्द्रित शिक्षण विधिमा निरन्तर सुधार र नवप्रवर्तन गर्दै आएको कृतिका फाउण्डेशनको यो उपलब्धिलाई विराटनगर क्षेत्रको शैक्षिक उन्नतिमा एक महत्वपूर्ण मोडको रूपमा हेरिएको छ । फाउण्डेशनकी संस्थापक अध्यक्ष राज्यलक्ष्मी गोल्छाका अनुसार, “क्याम्ब्रिज प्रमाणपत्र विद्यालयका लागि ठूलो उपलब्धि मात्र होइन, यसले यहाँ अध्ययनरत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्ने अवसरसमेत प्रदान गरेको छ ।” उनले थपिन्, “कडा मापदण्ड पूरा गरेपछि मात्र प्राप्त हुने यो मान्यताले कृतिका फाउण्डेशनको पारदर्शिता, दक्षता र समर्पणलाई पुष्टि गरेको छ ।” फाउण्डेशनको यस सफलताले विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायमा उत्साह थपेको छ । विराटनगरमै बसेर ए लेभल सहितको क्याम्ब्रिज शिक्षामा सहभागी हुन पाउने अवसरले अभिभावक र विद्यार्थीहरूलाई सजिलो र सुलभ शैक्षिक वातावरणको अनुभूति गराएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान दिँदै आएको कृतिका फाउण्डेशनले प्राप्त अन्तर्राष्ट्रिय मान्यतालाई अझ जिम्मेवारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । कृतिका फाउण्डेशनको क्याम्ब्रिज इन्टरनेशनलसंगको आबद्धताले विराटनगरको शैक्षिक इतिहासमा एक नयाँ अध्याय सुरु गरेको छ ।
विराटनगर । कोशी प्रदेशको झापा, मोरङ र सुनसरीको चुरे फेदीमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १३ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा २, सुनसरी र मोरङमा १–१ जना गरी ४ जना सर्वसाधरणको मृत्यु...
झापा, ४ साउस-झापाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रवेश गर्न खोज्ने समूह र सुरक्षाकर्मीबीच झडप भएको छ । झापाको गौरीगञ्ज–५ को सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका करिब ४०–५० जनाको समूहमा रहेका भारतीय नागरिकहरूलाई नेपाल प्रवेश...
बनेपा, २८ असोज-व्यावसायिकरूपले कडकनाथ ९कालो कुखुरा० पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आउनुभएको छ । हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा...
काठमाडौं, १२ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको लकडाउनको आज ३३ औं दिन पुगेको छ । गत चैत ११ गतेबाट देशभर लकडाउन लागू गरिएको हो । लकडाउनका...
सुर्खेत, ४ जेठ-कालिकोटमा नौ वटा स्थानीय तहले एक हजार ८४ बेडको क्वारेन्टाइन बनाएका छन् । भारतमा रेल सेवा सुचारु भएपछि रोजागारीका लागि भारत गएका जिल्लामा आउन सक्ने भन्दै क्वारेन्टाइन निर्माण गरेका हुन् । जिल्लाका नौ...
विराटनगर । होटल म्यानेजमेन्टमा विराटनगरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित हिमालय दर्शन कलेजका विद्यार्थीहरूले बिहीबार साँझ विराटनगरमा भव्य पुल पार्टी आयोजना गरेका छन् । कलेजको सहयोगमा विराटनगर एयरर्पोट लाईनमा रहेको होटल एशियाटिकको स्विमिङ पुलमा विद्यार्थीहरूले...
काठमाडौं, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख...